पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने

    मा प्रकाशित

फागुन १५, दाङ ।

अभिनेता पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका छन् । शाहलाई जबरजस्ती करणीको अभियोग लागेकाे थियाे ।

शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आज आइतबार आत्मसमर्पण गर्ने जनाएका हुन् । उनले लेखेका छन् ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुनेछु ।मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।´

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा गायिका समीक्षा अधिकारीले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।                     

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्