सुदूरपश्चिम प्रदेशमा एक साताको अवधिमा दुई सय ६५ जना कोरोना संङ्क्रमित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सुदूरपश्चिम प्रदेशमा एक साताको अवधिमा दुई सय ६५ जना कोरोना संङ्क्रमित

    मा प्रकाशित

कनिका खबर

असार ३, दाङ ।

सुदुरपश्चिम प्रदेशमा एक साताभित्र दुई सय ६५ जना कोरोना संङ्क्रमित थपिएका छन् । यो अवधीमा प्रादेशिक प्रयोगशाला धनगढीमा १ हजार तीन सय ४३ जनाको आरटि पीसीआर परीक्षण गरिएकोमा दुइ सय ६५ जना कोराना भाइरस कोभिड–१९ बाट संङ्क्रमित भएको पाइएको हो ।

सेती प्रादेशिक अस्पतालले प्रत्येक २४ घण्टामा जारी गरेको विज्ञप्ती अनुसार गत २८ जेठदेखि दुइ असारसम्म यो संख्यामा नयाँ सङ्ंक्रमित थपिएका हुन् । नयाँ थपिएका संङ्क्रमितसँगै प्रदेशमा कुल सङ्ंक्रमितको संख्या तीन सय ३६ पुगेको छ । एक साताको अवधीमा कैलालीमा सबैभन्दा बढी ९५ जना संक्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा ६१, डोटीमा ३१, डडेल्धुरामा २७, बैतडीमा २१, बाजुरामा २०, अछाममा चार र बझाङ्गमा ६ जना थपिएका छन् ।

यो साता दार्चुलामा भने एक जना पनि संङ्क्रमित नथपिएको सेती प्रादेशिक अस्पतालको तथ्यांकले देखाएको छ ।  सुदूरपश्चिम प्रदेशमा भारतबाट मात्रै दुई लाख बढी मानिसहरु भित्रिएका छन् । तर सोमवारसम्म स्वाब परीक्षण भने ६ हजार सात सय ९७ जनाको मात्रै भएको छ । क्वारेन्टाइनमा बसेकाहरुलाई दु्रत परिक्षणकै भरमा छोड्नाले प्रदेशको अवस्था डरलाग्दो हुने देखिएको विज्ञले बताउदै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्