अर्थपूर्ण आर्थिक समृद्धिका लागि दाङ महोत्सव : अध्यक्ष बुढाथोकी – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

अर्थपूर्ण आर्थिक समृद्धिका लागि दाङ महोत्सव : अध्यक्ष बुढाथोकी

    मा प्रकाशित

नेपाल उद्योग वाणिज्य संघको आयोजना तथा दाङ उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भोलि फागुन २६ गतेदेखि दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८ सुरु हुँदै छ । प्रदर्शनीमा स्टल व्यवस्थापन, कलाकारको व्यवस्थापन, मनोरञ्जन स्थलको व्यवस्थापन, झाँकी तथा शोभायात्राको तयारी, सांस्कतिक एवं विभिन्न जातजातीय प्रदर्शनी, मञ्च व्यवस्थापन, स्वयम्सेवक परिचालनलगायत सुरक्षा व्यवस्थापनलगायत सबै तयारीहरु पूरा भइसकेका छन् ।

उद्योग, व्यापार, कृषि तथा पर्यटनलाई जोडेर जिल्लालाई समग्र समृद्धिको मार्गमा प्रवेश गराउँदै आन्तरिक स्वरोजगारको निर्माणमा समेत केन्द्रित रहेको महोत्सवले दाङ जिल्लाको समग्र समृद्धिमा टेवा पुग्ने आयोजकले लक्ष्य लिएको छ । आसन्न महोत्सव तथा प्रदर्शनीका सन्दर्भमा पत्रकार खेमराज रिजालले महोत्सव मूल आयोजक समितिका संयोजक तथा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीसँग गरेको कुराकानीको सार संक्षेप ।

 जिल्लामा हरेक वर्ष कहीँ न कतै महोत्सव सञ्चालन भइरहेका छन् । यो वर्ष पनि सम्पन्न भए । यो महोत्सव अरु महोत्सवभन्दा कुन सन्दर्भमा फरक छ ?

 अन्य महोत्सव खालि मनोरञ्जन र मुनाफासँग मात्र जोडिएका छन् तर हामी दाङ जिल्लाकै समग्र समृद्धिसँग जोडेका छौँ । मेला महोत्सव मुनाफामा मात्रै नभएर सामाजिक उत्तरदायित्व, व्यावसायिक समृद्धि, सांस्कृतिक समृद्धि र पर्यटकीय पूर्वाधार निर्माण एवं हरेक उत्पादनलाई बजारीकरणमा पनि जोडिनु पर्दछ भन्ने हाम्रो उद्देश्य हो ।

महोत्सव आयोजनाकै सन्दर्भमा हामीले बहुसरोकारवाला निकायहरूसँगको सल्लाह र सुझाव एवं उद्योग वाणिज्य महासंघको सल्लाहमा धेरै लक्ष्य निर्धारण पनि गरेका छौँ । हामी महोत्सवलाई रमाइलो मेला र फेन्सीको व्यापारसँग मात्र जोडेका छैनौँ, दाङलाई औद्योगिक हबका रूपमा स्थापित गरी लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि पनि हाम्रो महोत्सव फलदायी हुने छ भन्ने हामीले आशावादी छौँ ।

 यो प्रदर्शनीका फरक उद्देश्य मात्रै बताइदिनुस् न ?

 सबैभन्दा पहिले म तपाईंलाई स्मरण गराउन चाहन्छौँ कि हामी अहिले पनि कसैको जग्गा लिजमा लिएर प्रदर्शनीको आयोजना गर्दै छौँ । हामीलाई मेला महोत्सव गर्ने सार्वजनिक जग्गाको अभाव मात्र होइन कुनै पनि प्राकृतिक प्रलय भयो भने हामीलाई ओत लाग्ने सार्वजनिक चौर समेत पाउन कठिन भएको छ । यो अवस्थामा सार्वजनिक चौरको खोजी नितान्त आवश्यक छ । अझै पनि घोराहीमा यो व्यवस्थापन गर्न सकिन्छ ।

सरकारी कार्यालयहरूका स्वामित्वमा वा नगर विकास समितिका स्वामित्वमा केही जग्गा अझै खाली छन् । त्यस्ता जग्गालाई एकीकृत गरी कम्तिमा पनि एउटा भव्य सार्वजनिक समारोह आयोजना गर्नका लागि तयार गर्न सकिन्छ भनेर बहुसरोकावाला निकायको ध्यानाकर्षण गराउनु पनि यो प्रदर्शनीको प्रमुख उद्देश्य हो । अर्को कुरा हामीले भुगोलको दूरीलाई हटाएर समग्र जिल्लाको समृद्धिका आधारहरूको खोजी गर्न चाहन्छौँ । जिल्लाको समृद्धि यहाँको स्तरीय एवं नियमित हवाई यातायातसँग पनि जोडिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघले अहिले टरिगाउँ विमान स्थलको धावन मार्गको लम्बाइ बढाउन जुन नागरिक आन्दोलनको सुरुआत गरेको छ, त्यो अभियानमा पनि होस्टेमा हैसे गरेर विमान स्थलको धावन मार्ग वृद्धिका लागि पनि महोत्सवले एउटा दबाब सिर्जना गर्नेछ । अर्को कुरा दाङलाई हामी औद्योगिक हबका रूपमा स्थापित गर्न चाहन्छौँ । यसका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु र अन्तर्राष्ट्रिय लगानीकर्तालाई यहाँ भित्राउनु पनि हो । हो, सरकारले दाङको घोराहीलाई औद्योगिक क्षेत्र घोषणा गरेको एक वर्ष भयो तर उद्योग तथा कलकारखाना सञ्चालनका लागि कुनै पूर्वाधार बनेका छैनन् ।

हामीलाई घोषणा मात्रै चाहिएको होइन, अर्थपूर्ण कार्यान्वयन चाहिएको हो । त्यसमा पनि यो औद्योगिक पर्यटन एवं कृषि प्रदर्शनीले राज्यलाई दबाब सिर्जना गर्ने छ । यहाँ कृषिजन्य, बनस्पतिजन्य उद्योग व्यवसायको प्रचुर सम्भावना रहेको छ । बंगलाचुलीको टिमुर होस् वा छिल्लीकोटको सुगन्धकोकीला र कपुरकोटको अदुवाको ब्रान्डेड बजार स्थापित गर्न चाहन्छौँ, हामी ।

यही अभियानमा हामीले समग्र दाङका सयवटै वडाको आ–आफ्नो व्यावसायिक पहिचानलाई लेवलिङ, ब्रान्डिङ र मार्केटिङका लागि पनि सहजीकरण गर्ने छौँ ताकि हामी व्यावसायिक समृद्धि र कृषिलाई निर्यातमुखी अर्थतन्त्रका रूपमा पनि स्थापित गर्न सकौँ । यसका लागि हामीले महोत्सव एवं प्रदर्शनी स्थलमै बृहत व्यावसायिक अन्तत्र्रिmया कार्यक्रमको पनि आयोजना गर्ने छौँ । हामीले आयोजना गरेको महोत्सव साबुन÷सर्फ बेच्न र कलाकार नचाउन मात्र होइन ।

 यो मेला अर्थात् प्रदर्शनीका मुख्य आकर्षण बताइदिनुस् न ?

 दाङ उद्योग वाणिज्य संघले ४ वटा महोत्सव आयोजना गरिसकेको छ । हामी अहिले पाँचौँ महोत्सव आयोजनाको संघारमा छौँ । यस अघि भएजस्तै बालमनोरञ्जन, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुती, विविध सांस्कृतिक झाँकी, विभिन्न जातजाति र संस्कृति झल्कने शोभायात्रा, खोजीखोजी र रोजी–रोजी उपभोग्य सामग्रीहरू किन्न पाउने त यस अघिकै महोत्सवकै निरन्तरता हुने छन् । त्यस बाहेक महोत्सव यहाँको पर्यापर्यटनसँग जोडिनेछ ।

महोत्सव यहाँको सांस्कृतिक विविधता झल्काउने सन्दर्भमा केन्द्रित हुने छ । महोत्सव यहाँका धार्मिक पर्यटनसँग जोडिने छ अनि महोत्सव यहाँका विभिन्न जातजातिका खानपानका ‘फुड फेस्टिवल’सँग जोडिने छ । महोत्सव स्वास्थ्य सचेतनासँग जोडिने छ, महोत्सव कलासाहित्यसँग जोडिने छ तथा महोत्सव व्यावसायिक सचेतनाको अभिवृद्धि, गुणस्तरीय वस्तु उत्पादन, उपभोगमा सजगता ल्याइ उत्पादक र उपभोक्तालाई जोड्नेमा केन्द्रित हुनेछ ।

अर्को आकर्षण भनेको यहाँका पर्यटकीय क्षेत्रहरू स्वर्गद्वारी, पुरन्धाराको छहरा, ऐतिहासिक छिल्लीकोट, धारापानीको पाण्डवेश्वर धामलाई हेलिकोप्टरबाट अवलोकन गर्दै रारा तालसम्मको पनि हेलिकोप्टर सेवा प्रदान गर्ने तयारी हामीले गरेका छौँ । हामी महोत्सव सबैका लागि, समग्र व्यावसायिक समृद्धिका लागि भन्ने उद्देश्यका साथ सञ्चालन गर्दै छौँ ।

 प्रदर्शनीको अन्तिम तयारीका सन्दर्भमा पनि केही बताइदिनुस् न ?

 हामी आजका मितिसम्म करिब ९९ प्रतिशत तयारी पूरा गरिसकेका छौँ । करिब ३ सय स्टल निर्माण भइसकेका छन् । त्यसमा अधिकांश स्टल बुकिङ भइसकेका छन् । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि अतिथि सत्कार, शोभायात्रा, सांस्कृतिक भेषभुषा प्रदर्शनी, महोत्सवमा सुरक्षा व्यवस्थापन, महोत्सवमा प्राथमिक स्वास्थ्योपचार सेवा, दैनिक अखण्ड धुनी सहित पूजाआजा, योगाभ्यास, धार्मिक प्रवचन, कलासाहित्यलगायतका सबै तयारीहरू पूरा भइसकेका छन् ।

स्टलहरूलाई विभिन्न सेक्टरमा विभाजन गरिएको छ । कृषिका स्टलहरू एक साइडमा रहने छन्, फेन्सीका अर्को साइडमा । अटोमोवाइलको दुनियामा आधुनिक एवं ब्रान्डेड कारदेखि बससम्म महोत्सव स्थलमा राखिने छन् । कृषिलाई आधुनिक एवं वैज्ञानिक प्रविधिसँग जोड्नका लागि विभिन्न यान्त्रिक कृषिका लागि कृषि उपकरणहरू पनि महोत्सव स्थलमा राखिने छन् ।

मौसम परिवर्तनको समय भएकाले महोत्सव स्थलमै कसैलाई आकस्मिक स्वास्थ्य समस्या आउनसक्ने अवस्थालाई ध्यानमा राखि महोत्सव स्थलमै स्वास्थ्य शिविर एवं कोरोना भाइरस विरूद्धको खोप लगाउने व्यवस्थापन पनि मिलाइ सकिएको छ । हामी महोत्सवलाई भव्य र सभ्य बनाउन चाहन्छौँ, सबैको महोत्सव बनाउन चाहन्छौँ ।

 महोत्सवमा कति दर्शकहरूको सहभागिता, कति कारोबार र कति मुनाफाको अपेक्षा गर्नुभएको छ ?

 हामी महोत्सवमा कम्तिमा पनि दशलाखभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरेका छौँ । यसमा कम्तिमा २० करोडभन्दा बढीको आर्थिक कारोबार हुने पनि हाम्रो पूर्वानुमान हो । हामीले महोत्सवलाई मूलतः मुनाफामा जोड्न चाहेका होइनौँ । हामीले महोत्सव आयोजना गर्नुको उद्देश्य व्यावसायिक वातावरणको सिर्जना गर्ने आधार निर्माण गर्नु हो ।

लगानीमैत्री वातावरण निर्माणका लागि हो । उत्पादकलाई उपभोक्तासँग प्रत्यक्ष रूपमा जोड्नु हो । कृषि बजारको प्रबद्र्धन गर्नका लागि हो तर पनि महोत्सवमा केही मुनाफा हुने छ । हामीले अहिले कम्तिमा ६० लाख रूपैयाँसम्म महोत्सवका अवसरमा बचत गर्ने लक्ष्य लिएका छौँ । त्यसलाई हामीले समग्र व्यावसायिक समृद्धिका लागि खर्च गर्ने योजना समेत निर्माण गरिसकेका छौँ ।

मौसम परिवर्तनको समय भएकाले महोत्सव स्थलमै कसैलाई आकस्मिक स्वास्थ्य समस्या आउनसक्ने अवस्थालाई ध्यानमा राखि महोत्सव स्थलमै स्वास्थ्य शिविर एवं कोरोना भाइरस विरूद्धको खोप लगाउने व्यवस्थापन पनि मिलाइ सकिएको छ । हामी महोत्सवलाई भव्य र सभ्य बनाउन चाहन्छौँ, सबैको महोत्सव बनाउन चाहन्छौँ ।

 महोत्सवमा कति दर्शकहरूको सहभागिता, कति कारोबार र कति मुनाफाको अपेक्षा गर्नुभएको छ ?

 हामी महोत्सवमा कम्तिमा पनि दशलाखभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरेका छौँ । यसमा कम्तिमा २० करोडभन्दा बढीको आर्थिक कारोबार हुने पनि हाम्रो पूर्वानुमान हो । हामीले महोत्सवलाई मूलतः मुनाफामा जोड्न चाहेका होइनौँ । हामीले महोत्सव आयोजना गर्नुको उद्देश्य व्यावसायिक वातावरणको सिर्जना गर्ने आधार निर्माण गर्नु हो ।

लगानीमैत्री वातावरण निर्माणका लागि हो । उत्पादकलाई उपभोक्तासँग प्रत्यक्ष रूपमा जोड्नु हो । कृषि बजारको प्रबद्र्धन गर्नका लागि हो तर पनि महोत्सवमा केही मुनाफा हुने छ । हामीले अहिले कम्तिमा ६० लाख रूपैयाँसम्म महोत्सवका अवसरमा बचत गर्ने लक्ष्य लिएका छौँ । त्यसलाई हामीले समग्र व्यावसायिक समृद्धिका लागि खर्च गर्ने योजना समेत निर्माण गरिसकेका छौँ ।

हामीसँग बहुआयामिक भवन निर्माणका लागि आवश्यक जमिन उपलब्ध छ । यसमा सभाहल, विक्री तथा प्रदर्शनी मललगायत अन्डरग्राउण्ड पार्किङ सहितको निर्माण गर्ने योजनामा छौँ । मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वअन्तर्गत् सामाजिक सेवामा पनि खर्च गर्ने हाम्रो सोच रहेको छ ।

 महोत्सवमा धेरै पैसा बाहिर जान्छ, जिल्लामा यसले केही समय आर्थिक–मन्दी ल्याउँछ भन्ने विश्लेषण पनि छ नि ?
 महोत्सवमा व्यवस्थापन भएका स्टलहरू अधिकांश स्थानीय व्यवसायीकै हुने छन् भन्ने विश्वस्त बनाउन चाहन्छु । केही पैसा बाहिर जानु स्वाभाविक हो तर यसो भन्दैमा आर्थिक–मन्दी ल्याउने अवस्था रहँदैन । किनकि हामीले महोत्सवलाई कृषि र पर्यटनसँग बढी फोकस गरेका छौँ । यहीँकै व्यवसायीहरूको अधिक्तम सहभागिता हुने हो । यसले यहाँको आर्थिक गतिविधि चलायमान बनाउने हो । पैसालाई राखिराख्नुभन्दा चलायमान बढाउँदा मुलुकको अर्थतन्त्र मजबुत हुने हो । यसलाई आर्थिक–मन्दीका रूपमा परिभाषित गर्नु हुँदैन भन्ने मलाई लाग्छ ।

 अन्त्यमा केही भन्नु छ कि ?

 महोत्सवको मुख्य आयोजक मात्रै दाङ उद्योग वाणिज्य संघ हो । समग्रमा यो महोत्सव समग्र दाङबासीकै हो । यसलाई आफ्नै महोत्सव सम्झेर आम जिल्लाबासीको उल्लासमय सहभागिता हुने छ भन्ने हामीले अपेक्षा गरेका छौँ । महोत्सवलाई भव्य र सभ्य बनाउन सबै जिल्लाबासीको अहम भूमिका रहन्छ । यसमा जिल्लाका सबै उद्योग वाणिज्य संघहरू, सबै स्थानीय पालिका तथा आम जिल्लाबासीको साथ र सहयोगको अपेक्षा गरेका छौँ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्