कक्षा ११ को परीक्षा पनि आन्तरिक मुल्याङ्कनबाट हुने सङ्केत – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कक्षा ११ को परीक्षा पनि आन्तरिक मुल्याङ्कनबाट हुने सङ्केत

    मा प्रकाशित

कनिका खबर
असार ३, दाङ ।
कक्षा ११ र १२ को परीक्षा के हुने भन्ने विषयमा अन्योल छाइरहेको बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ परीक्षा पनि आन्तरिक मुल्याङ्कनबाट हुन सक्ने सङ्केत गरेका छन् । कोरोना भाईरस (कोभिड ( १९) को जोखिमका कारण अन्योलमा परेको कक्षा ११ को अन्तिम परीक्षा पनि विद्यालयकै मूल्याङ्कनका आधारमा गरिने सम्भावना रहेकबो आज मन्त्री पोखरेलले बताएका हुन् । आगामी वर्षको बजेटका बारेमा राष्ट्रिय सभाको बैठकमा जारी छलफलमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयकै आन्तरिक मूल्याङ्कनका आधारमा उक्त विषय सम्बोधन गर्ने गरी मन्त्रालयले चाँडै नै निणर्य गर्ने बताएका हुन् । कक्षा १२ को हकमा परिस्थिति अनुकुल भएपछि उच्च सुरक्षा सावधानी सहित परीक्षा गर्ने उनले बताए ।

विश्वविद्यालय तथा सिटिईभिटिका विभिन्न तहका परीक्षाका बारेमा महामारीको अवस्था विश्लेषण गरी छिट्टै उयपुक्त निणर्य लिने उनले बताए । अन्तिम समेष्टरका परीक्षा लिने तर बिचका परीक्षा नलिईकनै माथिल्लो सेमेष्टरमा पढ्ने वातावरण निर्माण गर्ने पनि उनले बताए ।

यस अघि सरकारले कक्षा १० को अन्तिम परीक्षालाई विद्यालयकै मूल्याँकनका आधारमा गर्ने निणर्य गरिसकेको छ । उक्त निणर्य अनुसार आवश्यक कार्यविधि बनाउने काम राष्ट्रिय परीक्षा बोर्डले गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्