घाेराहीमा बालकविता प्रतियोगिता सम्पन्न – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घाेराहीमा बालकविता प्रतियोगिता सम्पन्न

    मा प्रकाशित

१८ चैत्र, दाङ ।
नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बाल कविता प्रतियोगिता घाेराही क्षेत्र अन्तर्गत शुक्रबार सम्पन्न भएकाे छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङकाे अायाेजना तथा गुरूकुल एकेडेमीकाे समन्वयमा भएकाे बाल कविता प्रतियोगितामा घाेराही क्षेत्र भित्रका दुई दर्जन विद्यार्थी भाइबहिनीहरूले भाग लिएका थिए ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङ अध्यक्ष दीपक शर्मा समीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइ दाङका प्रमुख मित्रप्रसाद गाैतमकाे प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद्का सल्लाहकार एवम् पुरस्कार संस्थापक पुरूषाेत्तम खनाल तथा राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदासीकाे विशिष्ट अातिथ्यतामा सम्पन्न भएकाे थियाे।
नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि सम्पन्न बालकविता प्रतियोगितामा साहित्यकार डा.हिमलाल पन्थी, लेखक संघका अध्यक्ष खगराज न्याैपाने, युवा कवि शरद पाेख्रलले निर्णायककाे भूमिका निर्वाह गर्नुभएकाे थियाे ।
घाेराही क्षेत्रका लागि सम्पन्न बाल कविता प्रतियोगितामा
गाेर्खा मा.वि. का अायुष देवकोटा प्रथम, जनज्योति विद्यामन्दिरका अारती भुषाल द्वितीय, दीपशिखा अा. मा.वि. का अाेना बुढाथोकी तृतीय, गुरूकुल एकेडेमीका शुलभ खनाल सान्त्वना भएका छन् ।
प्रतियोगितामा सफल बिद्यार्थी भाइबहिनीहरूलाई नगद पुरस्कार सहित प्रमाण-पत्र तथा कार्यक्रम समन्वय गर्ने गुरूकुल एकेडेमीलाई प्रशंसा-पत्र प्रदान गरिएकाे थियाे ।
राप्ती साहित्य परिषद्का सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरूषाेत्तम खनालले अाफ्नी अामाकाे स्मृतिमा याे पुरस्कार अक्षकाेषकाे स्थापना गर्नुभएकाे हाे ।
सो बालकविता प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि मित्रप्रसाद गौतम, राप्ती साहित्य परिषद्का सल्लाहकार तथा पुरस्कार संस्थापक पुरूषाेत्तम खनाल, राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदासी, राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष तथा जिल्ला शाखा, दाङका सल्लाहकार कमलमणि देवकोटा, दाङ शाखाका पुर्व अध्यक्ष एवम् सल्लाहकार डा. लाेकराज पराजुली, सल्लाहकार नगेन्द्र गुरू, लेखक संघका अध्यक्ष खगराज न्याैपाने, गुरूकुल एकेडेमीका भ्वाइस प्रिन्सिपल मुकुन्द गिरी, दीपशिखा आ.मा.वि का शिक्षक महेश सुवेदी, साहित्यकार डा.हिमलाल पन्थी, शरद शर्मा र श्रावण नेपालीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे, भने कार्यक्रममा साहित्यकार गाेपाल भुषाल, गिरीप्रसाद पन्थी, तिला पन्थी पत्रकार छवि पुरीकाे उपस्थिति रहेकाे थियाे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका काेषाध्यक्ष एवं कार्यक्रम संयाेजक यम रेग्मीको स्वागत मन्तव्यबाट सुभारम्भ भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष शारदा शर्माले गर्नुभएको थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्