दाङमा थप ३ जनामा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

दाङमा थप ३ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार दाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा तुलसीपुरका २ र शान्तिनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शान्तिनगर गाउँपालिकामा संक्रमित भेटिएको यो पहिलो घटना हो । तुलसीपुर उपमहानगरपालिका–१५ को भिउडर माविको क्वारेन्टाईनमा रहेका ५६ जना मध्य एक जना ४७ बर्षिय पुरुष, तुलसीपुर–१५ कै मावि कालाखोला क्वारेन्टाईनमा रहेका ४६ जना मध्य २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

त्यसैगरी शान्तिनगर गाउँपालिका–३ स्थित जनकल्याण मावि बाघमारे क्वारेन्टाईनमा रहेका ९१ जना मध्य ४८ बर्षिय पुरुषमा कोरोना देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्