छन्द संगम एवम् शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न – Kanika Khabar
Friday, April 19Nepali News Portal

छन्द संगम एवम् शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

    मा प्रकाशित

चैत्र २५, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आईरहेकाे छन्द संगम कार्यक्रम सम्पन्न गरेकाे छ ।
परिषद् दाङ शाखाकाे अायाेजनामा ६३अाैँ शृङ्खला अन्तर्गत छन्द संगम तथा अाउदै गरेकाे नव वर्ष २०७९ सालकाे शुभकामना अादान-प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरूषाेत्तम खनालकाे प्रमुख अातिथ्यता एवम् राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासीकाे विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे । कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपाने, सर्वाेदय पुस्तकालय तथा वाचनालय अध्यक्ष सुशील गाैतम, राप्ती साहित्य परिषद्का अक्षकाेष संस्थापक चन्द्रप्रकाश देवकोटाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का बरिस्ठ उपाध्यक्ष तथा दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार कमलमणि देवकोटा, परिषद् दाङ शाखाका पुर्व अध्यक्ष तथा सल्लाहकार डा लाेकराज पराजुली सल्लाहकार नगेन्द्रकुमार अाचार्य (नगेन्द्र गुरु), साहित्यकारहरू डा. हिमलाल पन्थी, माेहन दाहाल, देबेन्द्र रिजाल, डा प्रेम योगी, गिरीप्रसाद पन्थी, दामाेदर पाैडेल, स्वर्णशिखा, रितु खनाल, बिना राेका, रामप्रसाद गौतमले छन्द सम्बन्धि रचनाहरू वाचन गर्नुभएकाे थियाे । परिषद् दाङ शाखाका सदस्य बिमला डाँगी विकलताकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रममा
उपाध्यक्ष शारदा शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण परिषद्का सदस्य हरिप्रसाद पौडेल स्वर्णशिखाले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्