खरिपाटीस्थित क्वारेन्टाइनमा कुनै भ्रष्टाचार भएको छैन : नेपाली सेना – Kanika Khabar
Friday, April 19Nepali News Portal

खरिपाटीस्थित क्वारेन्टाइनमा कुनै भ्रष्टाचार भएको छैन : नेपाली सेना

    मा प्रकाशित

कनिका संवाददाता
असार ५, काठमाडौं ।
नेपाली सेनाले खरिपाटीस्थित क्वारेन्टाइनमा कुनैपनि भ्रष्टाचार नभएको बताएको छ । गत फागुन महिनामा चीनको वुहानबाट उद्दार गरी स्वदेश ल्याइएका नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा कुनै भ्रष्टाचार नभएको सेनाले भनेको हो । खरिपाटी क्वारेन्टाइनको व्यस्थापनको जिम्मा लिएर अनवरत काममा सक्रिय रहेको नेपाली सेनाले हिजो प्रेस बिज्ञप्ती जारी गर्दै खरिपाटी औषधि प्रकरणबारे सञ्चारमाध्यममा आएजस्तो अनियमितता नभएको प्रष्ट पारेको हो ।

नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले सेनाको उक्त ऐतिहासिक कार्यलाई वेवास्ता तथा अवमूल्यन गरि आएको समाचारमा सत्यता नभएको भन्दै खरिपाटी क्वारेन्टाइनका क्रममा भएको खर्चको हिसाब सार्वजनिक गरिएको बताउनुभयो । स्थानीयको व्यापक बिरोधका बाबजुत पनि सेनाले भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन व्यवस्थापनको अवधिमा स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशिल र राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको कार्यलाई सफलतापूर्वक, प्रभावकारी एवम् पारदर्शी रुपमा सम्पन्न गरेको विज्ञप्तीमा भनिएको छ ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र नियमावली २०६४ को नियम १४५ को उपनियम ३ मा व्यवस्था भए बमोजिम खरिद सम्बन्धी सम्पूर्ण जानकारी राष्ट्रिय मिडियामा प्रकाशित गरिएको नेपाली सेनाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्