आजदेखि एसइइ परीक्षा सुरु – Kanika Khabar
Friday, April 19Nepali News Portal

आजदेखि एसइइ परीक्षा सुरु

    मा प्रकाशित
फाइल तस्बीर

वैशाख ९, दाङ ।

आज शुक्रबारदेखि माध्यमिक शिक्षा परीक्षा कक्षा १० ( एसइइ) सूर भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण वितेका दुई वर्षमा भौतिक रुपमा सञ्चालन हुन नसकेको एसइइ परीक्षा दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुन थालेको हो । बितेका दुई वर्षमा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा हुन लागेको हो ।

 

यस वर्षको एसइईमा देशभरबाट पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थी सहभागी हुँदै छन् । एसइईमा छात्राभन्दा छात्रको संख्या केही बढी छ । छात्र दुई लाख ५७ हजार नौ सय २७ र छात्रा दुई लाख ५७ हजार ५३ छन् । परीक्षा नियन्त्रक रायमाझीका अनुसार देशभरमा दुई हजार सात परीक्षा केन्द्र छन् । विद्यार्थी र परीक्षा केन्द्रको संख्या बागमतीमा धेरै छ । विद्यार्थी काठमाडौं जिल्लामा सबैभन्दा बढी ३६ हजार ५१ र मनाङमा सबैभन्दा कम ६१ जना छन् । साधारणतर्फ ६१ र प्राविधिकतर्फ ४२ विषयमा परीक्षा सञ्चालन हुँदै छ । एसइई २० वैशाखमा सम्पन्न हुने तालिका छ ।

यस वर्ष मूल्यांकनको आधारसमेत परिवर्तन भएको छ । विद्यार्थीको ग्रेडिङमा मूल्यांकनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ । यसअघि ३० अंक ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर हुन्थ्यो । तर, यो वर्षदेखि ३५ अंकभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार ३५ अंकलाई डी ग्रेड मानिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्