इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र बर्नलीको जित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र बर्नलीको जित

    मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ । गयराति भएको मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनलाई २–० गोल अन्तरले हराउँदै जित हात पारेको हो ।घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे ।जितसँगै लिभरपुल ३३ खेलमा ७९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ भने एभर्टन ३२ खेलमा २९ अङ्क जोडेर १८ औं स्थानमा रहेको छ ।

 

हिजै भएको अर्को खेलमाचेल्सीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । गयराति भएको खेलमा वेस्ट ह्याम युनाईटेडलाई १–० गोल अन्तरले हराउँदै चेल्सीले जित हात पारेको हो । चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९० औं मिनेटमा निर्णायक गोल गर्नुभयो ।

 

जितसँगै ३२ खेलमा ६५ अङ्क जोडेर चेल्सी तेस्रो स्थानमा रहेको छ भने वेस्ट ह्याम ५२ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । हिजोकै अर्को खेलमा बर्नलीले उल्भ्सलाई १–० ले हराएको छ भने ब्राइटन र साउथह्याम्पटनले २–२ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्