आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज गुजरात र हैदरावादबीच खेल हुने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज गुजरात र हैदरावादबीच खेल हुने

    मा प्रकाशित

वैशाख १४, दाङ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक मात्र खेल हुने भएको छ । आजको खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको गुजरात र तेस्रो स्थानमा रहेको हैदरावादबीचको खेल मुम्बईको वान्खेडे स्टेडियममा साँझ ७ : ४५ मा सुरु हुनेछ । यसअघि गयराति भएको खेलमा राजस्थान रोयल्सले छैटौं जित हात पारेको छ ।

 

रोयल च्यालेन्जर्स बैङ्गलोरलाई २९ रनले हराउँदै राजस्थानले जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको राजस्थानले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४४ रन बनायो । १ सय ४५ रनको लक्ष्य पछ्याएको बैङ्गलोरले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो ।

जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।राजस्थानले ८ खेलमा १२ अङ्क जोडेको छ भने बैङ्गलोर ९ खेलमा १० अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्