त्रिभुवन विश्वविद्यालयमा २३ दिनको वर्षे विदा – Kanika Khabar
Friday, March 29Nepali News Portal

त्रिभुवन विश्वविद्यालयमा २३ दिनको वर्षे विदा

    मा प्रकाशित

वैशाख १५, दाङ ।
त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९को वर्षे विदा जेठ १३ गतेसम्म दिने भएको छ ।त्रिवि कार्यकारी परिषद्को बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ वर्षे विदा दिने निर्णय गरेको हो ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्याम्पसहरूको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने बताएको छ ।

यस्तै अन्य क्याम्पस, विभाग र स्कुलहरूको हकमा विद्यार्थीहरूको नियमित परीक्षा भने यथावत सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्