प्लानिङ ब्वाइज ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

प्लानिङ ब्वाइज ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा

    मा प्रकाशित

वैशाख १५, दाङ ।
प्लानिङ ब्वाइज युनाईटेडले, सहिद स्मारक ‘सी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।एन्फा कप्लेक्स सातदोबाटोमा आज भएको खेलमा स्पोर्ट्स एकेडेमी सङ्घलाई २–० ले हराउँदै प्लानिङले दोस्रो जित निकालेको हो ।

खेलको २३ औं मिनेटमा मिलन राईले पेनाल्टीमा गोल गर्दै प्लानिङलाई सुरुवाती अग्रता दिलाउनुभयो ।त्यसपछि खेलको ६६ औं मिनेटमा फागुराम थारुले गोल गर्दै प्लानिङलाई २–० को जित दिलाउनुभयो । जितसँगै प्लानिङ ३ खेल ७ अङ्क जोडेर शीर्ष स्थानमा उक्लेको छ ।स्पोर्ट्स एकेडेमीले भने ३ खेलमा जम्मा १ अङ्क जोडेको छ ।

आजै भएको अर्को खेलमा खालीबारी युथ क्लबले जित हात पारेको छ ।एन्फा कप्लेक्स सातदोबाटोमा भएको खेलमा वीरगञ्ज युथ एकेडेमीलाई २–० ले हराउँदै खालीबारीले लिगमा पहिलो जित निकालेको हो ।

खेलको १७ औं मिनेटमा सन्दीप गुरुङले गोल गर्दै खालीबारीलाई सुरुआती अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ७४ औं मिनेटमा सुदिप केसीले गोल गर्दै खालीबारीलाई २–० को जित दिलाउनुभयो । जितसँगै खालीबारीले ३ खेल ४ अङ्क जोडेको छ । वीरगञ्जको भने यो लगातार तेस्रो हार हो । अङ्कविहीन रहँदै वीरगञ्ज लिगको पुछारमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्