मतदाता भन्छन–‘यस पटक भोट राम्रालाई ’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मतदाता भन्छन–‘यस पटक भोट राम्रालाई ’

    मा प्रकाशित

गिरिराज नेपाली
घोराही, १७ बैशाख ।यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको चुनावी रौनकले गाउँदेखि सहरसम्म चारैतिर छोएको छ । आ–आफ्ना उम्मेद्वार र एजेण्डा बोकी दलहरु मतदाताका घरघर र वस्तीवस्तीमा पुगिरहेका छन् । त्यो क्रममा घोराही उपमहानगरपालिकामा पनि चलिरहेको छ ।

घोराही उपहानगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सहितको पाँच दलिय गठबन्धनले मेयरमा हेमराज शर्मा पोख्रेल (डायमण्ड) र उपमेयरमा भुपबहादुर डाँगीलाई अघि सरेको छ । त्यस्तै नेकपा एमालेले मेयरमा नरुलाल चौधरी, उपमेयरमा हुमाकुमारी डिसी चुनावी मैदानमा उभिनुभएको छ । घोराहीमा मेयर पदमा गठबन्धन र एमाले बाहेक अन्य दलवाट समेत उम्मेदवारी परेको छ । नेकपा (एकीकृत समाजवादी)वाट रामप्रसाद चौधरी, राप्रपावाट सरिता देवकोटा, मालेका नेत्रप्रसाद पाण्डेय, विवेकशील साझाका सूर्यप्रसाद पौडेल, मंगोल अर्गनाइजेसनका कल्पना चौधरी, नेपाली कांग्रेस विपीका गोविन्द शर्मा, मौलिक जरोकिलो पार्टीका दीर्घराज भण्डारी, स्वतन्त्रवाट लिलाबहादुर पुनसहित १४ जनाले मेयर पदमा मनोनयन दिएका छन् । उपमेयरमा पनि नेकपा (एकीकृत समाजवादी)वाट शोभा शाह, मालेका राधिका क्षेत्री, मंगोल अर्गनाइजेसनवाट निर्मल थापा, विवेकशील साझा वाट लक्ष्मी जिएम, स्वतन्त्र बसन्तकुमारी भड्डराईसहित ८ जनाले मनोनयन दर्ता गराएका छन् । तर घोराही उपहानगरपालिकाको नेतृत्व हात पार्नेगरी मुख्य दुई दलहरु पाँच दलिय गठबन्धन र नेकपा एमालेकै बीच तिव्र प्रतिस्पर्धा चलिरहेको छ ।

मतदाताका मनमा घोराहीको आगामी नेतृत्वको बाजी कस्ले मार्ला भन्ने प्रश्नमा कतै निर्धक्क तँ, कतै आशंका, कतै अन्यौल तँ, कतै निराशाका भेटिन्छन । तर मतदाताहरु सक्षम, जनप्रेमी, विकासप्रेमी र घोराहीको बृहत्तर विकास गर्नसक्ने नेतृत्वको खोजीमा छन । युवा युवतीदेखि बृद्धबृद्धासम्मले बैशाख ३० नै पर्खिरहेका छन् । केही पुरानै अनुहारमा नयाँ योजना र एजेण्डा बोकी घरघर वस्तीवस्तीमा पुगेका छन । त केही नयाँ अनुहारमा नयाँ लक्ष्य उद्देश्य र योजना सहित गाउँ पसेका छन । घोेराही –४ निवासी गिरिराज आचार्यले भन्नुभयो–‘अघिल्ल जनप्रतिनिधिहरु जनता झुक्याए, गत स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयर जितेका नरुलालले पनि जनतासँग झुठको खेती गरे । अब जसले जनतालाई झुक्याउन, आश्वासन बाड्दैन, जसले जनताको समस्या आफ्नो समस्याका रुपमा सम्झन्छ उसैलाई भोट दिने हो ।’ घोराहीको बृहत्तर विकासका लागि गत निर्वाचनमा उत्साहका साथ अघिल्ला जनप्रतिनिधिहरुलाई बिजयी गराए पनि अहिले तिनै जनप्रतिनिधिका माझ नयाँ अनुहार, एजेण्डा र योजनाको खोजी गर्नुपर्ने बाध्यतामा परिरहेको उहाँले सुनाउनुभयो । यो क्रम अहिले चारैतिर चलिरहेको छ । जसका कारण आगामी निर्वाचनलाई मतदाताले ठुलो अवसरमा रुपमा प्राप्त गर्न लागिरहेको खुसी व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो–‘पुरानो अनुहारमा नयाँ लेपन लगाएर गाउँ आए, लेपन मात्रै नयाँ अनुहार त उही हो नि हजुर ? ’

त्यस्तै घोराही उपहानगरपालिका ७ का भागीराम चौधरीको भनाई उस्तै छ । अघिल्लो निर्वाचनमा उहाँहरुलाई हामीले जितायौं । न गाउँको अवस्थना फेरियो , न हाम्रो । जसको तस छौं । जो आउछन हामी जिताउनुस । तर यस पटक हामीले हाम्रो गाउँ र अवस्था फेर्ने मेयर भोट दिन्छौं । घरदैलोमा कोही पुरानै , कोही नयाँ अनुहार देखेका छौं । पुरानो स्वाद चाखियो । अब नयाँ कस्तो छ ? भन्ने लाछ । ’

चारवर्षसम्म आलटाल, चुनाव आयो फटाफट’             

             
घोराही उपहानगरपालिकाको मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपाने नेतृत्व समालेको चार वर्ष पुरा पुगिसकेको छ । तर उपहानगरपालिकाको चारवर्ष विकास योजनाको काम अधिकाश आलटालमै बित्यो । जब आगामी निर्वाचनको रौनकले चारैतिर ततायो । घोराही बजारदेखि गाउँसम्मका विकास निर्माणको योजनाहरु धमाधम बन्न थाले । घोराही उपमहानगरपालिका –१५ निवासी उपकार रावतले भन्नुभयो–‘चारवर्षसम्म नबनेका सडक महिना दिनमै बने ।’ अहिले घोराही बजारभित्रका केही सडक, चोकहरु मर्मतसम्भार तथा खाल्टाखुल्टी पुर्ने काम उपमहानगरपालिकाले तिव्र रुपमा गरिरहेको छ । तर त्यसले नगरवासीको मन जित्न सकेको छैन । रावतले थप्नुभयो–‘बजारभित्रका धेरै सडक अलपत्र छन । दुईचारवटा सडक कालो गराउने काम फटाफट भएको छ । ’ जसका कारण उपमहानगरपालिका अपरिपक्क काम देखाउदै नेकपा एमालेले भोटको खेती गरिरहेको बताउनुभयो । तर यस्तो काम गरी जनताको आखाँमा छोप्ने काम गर्दा जनतामा न्यायभन्दा पनि अन्याय थपेको उहाँको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्