जेठ दोस्रो सातासम्म विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने सरकारको तयारी – Kanika Khabar
Thursday, April 18Nepali News Portal

जेठ दोस्रो सातासम्म विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने सरकारको तयारी

    मा प्रकाशित

वैशाख १९, काठमाडौँ ।
नयाँ शैक्षिकसत्र सुरु हुन ११दिन मात्र बाँकी छ । तर, विद्यालयका किताबको छपाइको काम सकिएको छैन ।

चारदेखि दश कक्षासम्मका लागि १ करोड ९० लाख किताब छाप्दै आएको जनक शिक्षा समग्री केन्द्रले अझै ४५ लाख किताब छाप्न बाँकी रहेको जनाएको छ । किताब छपाइको जिम्मा पाएको केन्द्रले स्थानीय चुनावको मत्रपत्र छपाइको काममा केन्द्रीत हुँदा किताब छपाइमा ढिला भइरहेको जनाएको छ ।

केन्द्रका प्रवक्ता चित्र आचार्यका अनुसार भोलिसम्ममा मतपत्र छपाइको काम सकिने र त्यसपछि मात्रै छाप्न बाँकी विद्यालयका पुस्तकहरूको छपाई सुरु हुनेछ । कागजको अभावका कारण पनि किताब छपाइ समयमा हुन नसकेको केन्द्रको भनाइ छ । भारतबाट कागज नआउँदा छपाइमा प्रभावित भएको थियो ।

अब जेठ १५ सम्म किताब छपाइको काम सक्ने योजना रहेको उहाँले  बताउनुभयो । आगामी जेठ १ गते बाट नयाँ शैक्षिक सत्र सुरु हुने पक्का भईसकेको छ । तर, किताब छपाइमा ढिलाइ भएकाले यसपटक पनि समयमै विद्यार्थीले पाठ्यपुस्तक नपाउने देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्