किन राेजिन् काङ्ग्रेस नायिका श्वेताले ? – Kanika Khabar
Sunday, May 22Nepali News Portal

किन राेजिन् काङ्ग्रेस नायिका श्वेताले ?

    मा प्रकाशित

वैशाख २०, दाङ ।

स्थानीय निर्वाचन नजिकिदै गर्दा पार्टी प्रवेशका लहर पनि चलिरहेकाे छ । यसैबिच आज मंगलबार सदाबहार नायक भुवन केसी र पछिल्लो चरणमा दर्शककाे राेजाइकी नायिका श्वेता खड्काले नेपाली काङ्ग्रेसकाे सदस्यता लिएका छन् ।

प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गरेका हुन् ।

काङ्ग्रेस राेज्नुकाे कारण उल्लेख गर्दै नायिका खड्काले सामाजिक सञ्जालमा यस्ताे लेखेकी छिन् ।

कलाकारिता, ब्यवसाय अनि समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतिक मुलधारमा प्रबेश गरेकी छु । बिद्यार्थी जीवनदेखिनै महामानव विश्वेश्वरप्रसाद कोईरालाको बारेमा पढ्दै र सुन्दै आईरहेकी मैले अन्तत: उनै महामानवको बिचारधारामा आफूलाई समाहित गर्दै नेपाली काँग्रेससँग आफ्नो आवद्धता जनाएकी छु । मैले लिएको यो राजनैतिक निर्णयप्रति बिभिन्न क्रिया र प्रतिक्रियाहरु अवसश्य नै प्राप्त हुनेछन् । यसरी प्राप्त हुने साकारात्मक र नकारात्मक दुबै किसिमका प्रतिक्रियाहरुलाई म सुझावको रुपमा ग्रहण गर्दै मेरो राजनैतिक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु।
एउटा कलाकारले कुनै एक पार्टीको ब्यानर भित्र समाहित हुनुहुन्न भन्ने सोच ब्याप्त छ । कलाकारले कलाकारिता नै गर्नु पर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली काँग्रेसको राजननैतीक सिद्धान्तमा आफूलाई समाहित गराएकी छु । यो निर्णय लिनु भन्दा अगाडि मैले धेरै पटक स्व:संवाद, स्व:बिश्लेशण र स्व:बिचार गरेकी छु । मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक बिकास , परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ति टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो । हामीले राजनीतिबाट जतिनै टाढा रहन खोजे पनि हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छ नै । त्यो प्रभावलाई हामी कदापी नकार्न सक्दैनौ । अत:राजनैतीको यो अक्षुग्ण प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ । मेरो यो पाइलामा आम परिवर्तनकारी, बिकासप्रेमी तथा बुद्धिजीवी बर्गको साथ सल्लाह र सुझाव पाउने आशा बोकेकी छु ।

राजनीति बिशुद्ध ‘सामाजिक सेवा’को क्षेत्र हो न कि ‘ब्यवसायिक पेशा’ । राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई बिस्थापित गराउनको निमित्त अब हामी आफू पनि अग्रसर हुनु पर्ने आवश्यकता महशुष गरेकी छु । सँधै राजनीतिलाई ‘फोहोरी खेल’को रुपमा परिभाषित गर्दै नेताहरु प्रती धारे हात लगाउने अनी गालीको बर्षा गर्ने हाम्रो निष्कृय प्रवित्तीलाई त्याग्ने बेला आएको छ । सिस्टम (प्रणाली) परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिंस्सा हुनु जरुरी छ । यस्को लागि राजनीति नै एउटा उत्तम माध्यम हो। मैले यही माध्यमलाई आत्मसात् गरेकी हुँ । यसको लागि मैले आदरणिय बिपी कोइराला, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।

मलाई थाहा छ, कुनै पनि राजनैतिक दलको संस्थागत सिद्धान्त खराब हुँदैन । त्यो सिद्दान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको ब्यक्तिगत आचरण मात्र खराब हो । एमाले, काँग्रेस, माओवादी, रा.प्र.पा लगायत सबै दलका संस्थागत सिद्धान्तहरु राम्रा छन् । सबै दलले बिकास, समृद्धि र परिवर्तनको एजेण्डा उठाएका छन तर ती एजेण्डाहरु कार्यान्वयन तहमा असफल भएका मात्र हुन्। यही असफलताका कारण उधोग, ब्यवसाय, कलाकारिता, कृषि तथा पर्यटन लगायतका सबै क्षेत्रहरु प्रभावित भएका छन् । हाम्रो दैनिक ब्यक्तिगत जीवनमा पनि यस्को प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको छ । अत:केही सिमित ब्यक्तिहरुको स्वार्थका कारण असफल भएका ती एजेण्डाहरुलाई सफल बनाउनको निमित्त हामी सबैको सक्रियताको खाँचो छ । पोखरी फोहर भयो भनेर पोखरीको लेउलाई गाली गर्नु भन्दा त्यो लेउ हटाउन आफैले पोखरी भित्र छिर्ने हिम्मत गर्नु पर्छ । अत: सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यस्को सरसफाइको लागि हाम्रो सक्रियता खाँचो छ ।

मैले आफ्नो राजनैतिक सक्रियताको लागि भने नेपाली काँग्रेसलाई चुनेकी छु । मेरो पारिवारिक पृष्‍ठभुमिले पनि मलाई नेपाली काँग्रेसको सिद्धान्तलाई अँगाल्न सहयोग पुगेको हो । नेपालको राजनैतिक परिवर्तनमा अहमम् भूमिका खेल्ने नेपाली काँग्रेस जस्तो बिशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापती तथा सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यु प्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो ब्यवसायिक, सामाजिक तथा राजनैतिक यात्राको लागि मलाई सधै हिम्मत,हौसला र उर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुप्रति म हार्दिक नमन गर्दछु । विगतका दिनमा मैले यो पार्टीको लागि ब्यक्तिगत रुपमा त्यस्तो ठुलो योगदान दिन सकेकी छैन । आगामी दिनमा भने म मेरो मन बचन र कर्मले भ्याए सम्मको योगदान दिने प्रयास गर्नेछु । नेपाली काँग्रेसको नीति, सिद्धान्त र यस्को मुल्य मान्यतालाई आत्मसाथ गर्दै कुनै ब्यक्तिगत स्वार्थहरु नराखी स्वच्छ रुपमा सामाजिक बिकास र बिशुद्ध ‘सेवा’ को भाव बोकेर आफूलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन । साथै, म एउटा कलाकार र ब्यवसायी पनि भएको नाताले यस् दलभित्र रहेर तमाम ब्यवसायी र कलाकर्मीहरुको हक हितको निमित्त आफ्नो आवाज बुलंद गर्नेछु । सामाजिक सेवाको पाटोलाई अझ शसक्त रुपमा अगाडि बढाउनको निमित्त नेपाली काँग्रेशसंगको आवद्धताले मलाई थप मार्ग प्रशस्त गराउनेमा विश्वस्त छु ।

अन्तमा: हरेक ब्यक्तिलाई आआफ्नो राजनैतिक स्वतन्त्रता छ । मेरो बैचारिक सिद्दान्तसंग मेल खाने राजनैतीक दलसंगको निकटता, आवद्दता वा सहकार्य पस्चात् पनि फरक बिचार राख्ने कुनै ब्यक्ती वा दल प्रती मेरो कुनै पुर्वाग्रह रहने छैन। जो जहाँ रहे पनि, जो जता गए पनि, देश र जनताको निमित्त निस्वार्थ भावले काम गर्न सकौं । जय नेपाल ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्