‘म जन्मजात काङ्ग्रेसलाई जबरजस्ती एमाले बनाउन खोजे’ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

‘म जन्मजात काङ्ग्रेसलाई जबरजस्ती एमाले बनाउन खोजे’

    मा प्रकाशित

वैशाख २४, दाङ ।
आसन्न स्थानीय तहको निर्वाचन आउन अब ६ दिन मात्र बाँकी रहेको छ । यो अवधि निर्वाचनका लागि निकै संवेदनशील मानिन्छ । भोट खरिद गर्ने देखि धम्कीसम्मका काम हुने गर्दछन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ भैसकुर्मामा नेपाली काङ्ग्रेसका एक कार्यकर्तालाई जबरजस्ती एमाले बनाउन खोजेको खबर बाहिरिएको छ ।

नेपाली काङ्ग्रेस वडा नं. ३ का इकाइ सभापति शरद बुढाथोकीले गाउँका साथीले एमालेको कार्यक्रममा बोलाएर लगेको र उपमहानगरपालिकाका एमालेका तर्फबाट मेयरका उम्मेदवार नरुलाल चौधरीले टिका लगाएर एमालेमा प्रवेश गराएको बताए । भैसकुर्माका जलविर चौधरीलाई एमालेमा प्रवेश गराएको अनर्गल प्रचारप्रसार गरेको बुढाथोकीले बताए ।

‘मलाई गाउँका एक जनाले कार्यक्रममा जाऔँ भनेर लग्नुभयो । कार्यक्रममा नरुलालजीले अगाडि बोलाएर टिका लगाइदिनुभयो । एमालेमा प्रवेश गरेको भनी घोषणा गरियो । तर मैले म जन्मजात काङ्ग्रेस हुँ र एमाले हुँदैन भनेँ, म काङ्ग्रेस भन्दा अरु पार्टी हुँदेन भने ।’ जलवीरले थपे , ‘मलाई जबरजस्ती एमाले बनाउन खोजे । १२ दिन अगाडि मलाई पैसाको प्रलोभन समेत देखाएका थिए तर मैले मानेन ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्