एकल कविता वाचनमा गुञ्जिइन् सन्ध्या – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

एकल कविता वाचनमा गुञ्जिइन् सन्ध्या

    मा प्रकाशित

दाङ, २५ वैशाख ।

साहित्यकार सन्ध्या रेग्मीको एकल कविता वाचन कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । लेखक संघ दाङको आयोजना भएको एकल कविता वाचन कार्यक्रममा कवि रेग्मीले विभिन्न विषयमा समेटिएका दुई दर्जन कविता वाचन गरेकी थिइन् ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मित्र गौतमको प्रमुख आतिथ्यता एवं राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियोे ।

कार्यक्रममा बोल्ने वक्ताहरूले कविता देश, प्रकृति, वातावरण र माया प्रेममा समेटिएका उत्कृष्ट रचनाहरू भएको बताएका थिए । साथै लेखनीलाई अझै परिस्कृत बनाउँदै लग्नका लागि आगामी दिनहरूमा निरन्तर रचना सिर्जना समय लगाउन आग्रह गरेका थिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष शंकर पौडेल र सल्लाहकार कृष्णराज डिसी, दीपक शर्मा समीरलगायतले भनाइ राखेका थिए । लेखक संघ दाङ उपाध्यक्ष गोविन्द पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव संगीता उपाध्यायले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्