प्रचण्डलाई जुत्ता हान्छु भन्ने यज्ञबहादुर बुढा मगर पक्राउ – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रचण्डलाई जुत्ता हान्छु भन्ने यज्ञबहादुर बुढा मगर पक्राउ

    मा प्रकाशित

तुलसीपुर, बैशाख २५ ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भन्दै आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने तुलसीपुरका एक जना अनलाइन संचालक पक्राउ परेका छन् ।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको र तुलसीपुरबाटै सञ्चालन हुँदै आएको राप्ती पहिचान डटकमका संचालक यज्ञबहादुर बुढा मगर पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले शनिबार बुलुकी पक्राउ गरेको थियो । मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको प्रहरीले जनाएको छ ।

गठबन्धन दलहरुले आइतबार तुलसीपुरको अरणिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनाबी सभा आयोजना गरेका छन् । ती कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएत गठबन्धन दलका शिर्ष नेताहरु दाङ आउन लाग्दा त्यसको पूर्वसन्ध्यामा मगरले प्रचण्ड बिरुद्ध स्ट्याटस लेखेका थिए ।
‘ सकेनन् चितवन बासीले मेरी छोरीले चुनाब हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर मगरले स्ट्याटस लेखेका थिए । त्यो स्ट्याटस पछि माओबादी केन्द्रका नेताहरुले प्रहरीमा सूचना दिएका थिए । त्यही गुनासोको आधारमा प्रहरीले मगरलाई पक्राउ गर्नु परेको जानकारी दिएको छ ।

अनलाइन सञ्चालक मगरका बिरुद्ध जिल्ला अदालत सुर्खेतले गत पुसमा पाँच महिना कैद र पाँच हजार जरिमानाको फैसला सुनाएको थियो । उनी अदालत समक्ष माफी मागेर उतिखेर रिहा भएका थिए ।

बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचान खुलाएर मगरले अनलाइनमा समाचार लेख्नुका साथै आफ्नो फेसबुक पेजमा स्टाटस समेत लेखेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्