‘फूलकाे थुङ्गा’ एल्बम लोकार्पण´ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

‘फूलकाे थुङ्गा’ एल्बम लोकार्पण´

    मा प्रकाशित

वैशाख २७, दाङ ।
गीतकार प्रेमप्रसाद राजभण्डारीको शब्द तथा सङ्गीतकार सन्ताेष श्रेष्ठकाे सङ्गीत रहेकाे अाधुनिक गीतहरूकाे एल्बम “फूलकाे थुङ्गा”काे घाेराही स्थित हाेटेल माला इनमा एक समारोहकाे अायाेजना गरि लाेकार्पण गरिएकाे छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा अाधुनिक गीतहरूकाे एल्बम “फूलकाे थुङ्गा” काे लोकार्पण गरिएको हो ।
राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं वरिष्ठ साहित्यकार एवं समालोचक डा. अमर गिरीको प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष तथा वर्तमान केन्द्रीय सल्लाहकार पुरूषाेत्तम खनालकाे विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार तथा समालोचक डा.कृष्णराज डिसीले अाधुनिक गीतहरूकाे एल्बम “फूलकाे थुङ्गा”को समीक्षा गर्नु भएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं समालोचक डा. अमर गिरी, विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषाेत्तम खनाल, समीक्षक .कृष्णराज डिसी,
गीतकार प्रेमप्रसाद राजभण्डारी, सङ्गीतकार सन्ताेष श्रेष्ठ, गायक माेहित श्रेष्ठ, लेखक सघ दाङका अध्यक्ष खगराज न्याैपाने लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएकाे थियाे ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका सहसचिव प्रबल बिष्टको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा
प्रतिनिधि सभाका सदस्य विष्णु शर्मा, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, परिषद्का वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार कमलमणि देवकोटा, परिषद् दाङ शाखाका पुर्व अध्यक्ष तथा सल्लाहकार डा. लोकराज पराजुली, सल्लाहकार नगेन्द्र गुरू, हाम्रो पुर्णिामा साहित्य प्रतिष्ठानका सल्लाहकार पुष्कर रिजाल “पुष्प”, साहित्यकारहरू नारायण नेपाल, डा हिमालाल पन्थी, प्रकाश चन्द्र घिमिरे, हुमबहादुर डिसी, लाेक अालाेक, सन्ध्या रेग्मी, र गुरूप्रसाद के.सी, अाशा न्याैपाने, बिना राेका, श्रावण नेपाली र पत्रकार राेम वलीलगायतको उपस्थिति रहेको थियो । साे कार्यक्रमको सहजीकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गर्नुभएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्