वार्षिकोत्सवकाे अवसरमा रक्तदान – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

वार्षिकोत्सवकाे अवसरमा रक्तदान

    मा प्रकाशित

वैशाख २७, दाङ ।
दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमकाे १६ औँ वार्षिकाेत्सवका अवसरमा रक्तदान गरिएको छ । आज बिहान भएको रक्तदान कार्यक्रममा २७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएकाे रेडियो सञ्चालक समिति अध्यक्ष मधुसुदन वैद्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार रक्तदान कार्यक्रममा रेडियाका तर्फबाट अध्यक्ष मधुसुदन वैद्य, उपाध्यक्ष सुदर्शन रिजाल, सदस्य एकनारायण पाैडेल, शरद अधिकारी, टिकाराम पन्थले रक्तदान गर्नुभयो । यस्तै, रेडियाे कर्मचारी तर्फ छवि पुरी, कमल वली, बाबुराम पाण्डे, चन्द्रप्रकाश नेपाली, शालिकराम चाैधरी, सुनिल परियार, अस्मिता परियारले रक्तदान गर्नुभयो । कार्यक्रममा देवराज रिजाल, अाशिष खड्का, कविता डिसी, महेश खनाल, हुकुमा डिसी, माेहन पाण्डेय, सुशील अधिकारी, मुक्तिप्रसाद न्याैपाने, निरज गिरी, पूर्ण कार्की, हेमन्त चाैधरी, आकाश परियार, शैलेश अधिकारी, सुरेश कुमार पट्वा क्षेत्री र सुरज बन्जाडेले पनि रक्तदान गर्नुभएकाे अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।
रक्त सञ्चार सेवा केन्द्र घाेराहीकाे प्राविधिक सहयाेगमा भएको रक्तदान गरिएको हाे । केन्द्रका तर्फबाट ईच्छा बुढामगर, मनिषा चन्द र दिलिप चाैधरीले प्राविधिक सहयाेग गर्नुभएको थियाे। रक्तदान जीवन दान भन्ने मुल मर्मलाई अात्मसात गर्दै सामाजिक उत्तरदायित्व स्वरुप रेडियोले साे कार्यक्रम आयाेजना गरेकाे हाे ।
रेडियो स्थापना कालबाटै आवाजहीनकाे आवाज बनेर सञ्चारकाे क्षेत्रमा सशक्त भुमिका खेल्दै आएकाे रेडियोले सामाजिक क्षेत्रमा पनि आफुलाई सरिक गराउने काम गर्दै आएकाे उहाँको भनाई छ ।
आगामी जेठ १ गते रेडियो मध्यपश्चिमकाे स्थापना दिवस परेकाे छ । उक्त दिन भव्य समारोहका बीच
औपचारिक कार्यक्रम गरिने भएको रेडियोका स्टेसन म्यानेजर विष्णु अधिकारीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्