सुर्खेतमा पैसा बाँडेको आरोपपछि एमालेका वडाध्यक्षका उम्मेदवार पक्राउ – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सुर्खेतमा पैसा बाँडेको आरोपपछि एमालेका वडाध्यक्षका उम्मेदवार पक्राउ

    मा प्रकाशित

दाङ, वैशाख २९ । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका बिसीले मतदातालाई पैसा बाँडेको आरोपपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार राति वडाको एक वस्तिमा रहेका मतदाताको घरमा पुगेर उम्मेदवार बिसीले पैसा बाँडिरहेको भन्ने सूचना आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो ।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

बिसीलाई गुर्भाकोटको ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्