स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु

    मा प्रकाशित

No description available.वैशाख ३०, दाङ ।
आगामी पाँच वर्षको लागि जनप्रतिनिधि छनोट गर्न आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा मतदान हुँदैछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा गएर मतदान गर्न सकिनेछ । अहिले देशभरका मतदान केन्द्रमा मतदान अधिकृत लगायतका कर्मचारी पुगिसकेका छन् । सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगले अपील गरेको छ ।

निर्वाचनलाई उत्सवका रूपमा ग्रहण गरी सहभागी हुन प्रमुख निर्वाचन आयुक्त थपलियाले अपिल गर्नुभयो । निर्वाचनबाट देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ जना निर्वाचित हुनेछन् ।

३५ हजारभन्दा बढी जनप्रतिनिधि चयन हुनका लागि देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेद्वारी दिएका छन् । यो चुनावमा १ करोड ७७ लाख ३३ हजार मतदाता रहेका छन् । तर, निजामती कर्मचारी, सुरक्षामा खटिएकाहरू र मतदानमा खटिएका अधिकृतहरू भने यसपटक पनि मतदान गर्नबाट बञ्चित हुने भएका छन् । यसैबीच मतदान गर्न मतदाताहरू निकै उत्साहित देखिएका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि त्यसअघि नै मतदाताहरू मतदान केन्द्रमा पुगेर लाइनमा बसिरहेका छन् ।

आज बिहान मौसम सफा भएपछि पनि छिटै मतदान गर्ने र नियमित काममा फर्किन छिट्टै लाइनमा बसेको मतदाताहरूले बताएका छन् । सुरक्षाकर्मी र कर्मचारी मतदानस्थलमा लाइन र अन्य प्रवन्धमा खटिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्