म्यादी प्रहरीका लागि चार अर्ब ३४ करोडभन्दा बढी रकम विनियोजन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

म्यादी प्रहरीका लागि चार अर्ब ३४ करोडभन्दा बढी रकम विनियोजन

    मा प्रकाशित

वैशाख ३०, दाङ ।
निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीका लागि सरकारले चार अर्ब ३४ करोडभन्दा बढी रकम विनियोजन गरेको छ । निर्वाचन अवधि अर्थात् ४० दिनका लागि भर्ना भएका १ लाख म्यादी प्रहरी देशैभर खटिएका छन् । सरकारले म्यादी प्रहरीको सेवा सुविधाका लागि प्रतिव्यक्ति ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ र पोसाक भत्ता ६ हजार रुपैयाँ तोकेको छ ।

म्यादी प्रहरीको सेवा अवधिमा निधन भएमा २० लाख रुपैयाँ राहत स्वरूप परिवारलाई दिइने सरकारले निर्णय गरिसकेको छ । नेपाली सेना र राष्ट्रिय अनुसन्धान केन्द्रका लागि पनि भत्ताकै लागि दुई अर्ब २९ करोड रूपैयाँभन्दा बढी रकम छुट्याइएको अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डिप्रसाद निरौलाले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्