मतगणनाको लागि ऐजण्ड राख्ने विषयमा विवाद भएपछि एमाले कार्यकर्ताद्वारा नारावाजी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मतगणनाको लागि ऐजण्ड राख्ने विषयमा विवाद भएपछि एमाले कार्यकर्ताद्वारा नारावाजी

    मा प्रकाशित

तुलसीपुर,जेठ ४ । दाङको तुलसीपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा केही समय एमाले कार्यकर्ताले नारावाजी लगाएका छन् ।

मतगणनाकालागि ऐजण्ड राख्ने विषयमा विवाद भएपछि एमाले कार्यकर्ताले नारावाजी लगाएका हुन् ।

बुधबार साढे ४ बजेतिर कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालय विरुद्ध नारावाजी लगाएका हुन् ।

गठबन्धनले उम्मेदवारले पाँच जना उम्मेदवारका एजेण्ट लिन पाउने तर, एमालेले एउटा मात्रै एजेण्ड लिन पाउने भएपनि यसको विरोध जनाएका हुन् ।

एमालेले गठबन्धनले पनि एउटा मात्रै एजेण्ट लिनुपर्ने यदि पाँच जना लिए एमालेले पनि पाँचजना लिन पाउनु पर्ने माग राखेका थिए ।

तर, जति दल चुनाबमा सहभागि छन्, ति सबै दलले एजेण्ट लिनु पर्ने निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए ।

केही समय नारावाजी भएपनि अहिले भने अबस्था सामान्य छ । अहिले मतगणना भइरहेको छ ।

अहिले चुनाबमा सहभागि सबै दलले एक/एक जना एजेण्ट लगेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्