जनाधार पाउँदै राप्रपा : दुई पालिका प्रमुख र ५५ वडाध्यक्षमा विजय – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

जनाधार पाउँदै राप्रपा : दुई पालिका प्रमुख र ५५ वडाध्यक्षमा विजय

    मा प्रकाशित

जेठ ४, काठमाडौँ ।

स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अहिलेसम्म दुई पालिका प्रमुखसहित ५५ वडाध्यक्षमा जित हासिल गरेको छ ।

अहिलेसम्म काठमाडौँको शंखरापुर नगरपालिकाको मेयरमा रमेश नापित र झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देन विजयी भएका हुन् ।
झापाकाे हल्दीबारी गाउँ पालिकाको उप प्रमुखमा पनि राप्रपाकै लक्ष्मी मैनाली विजयी भएकी छन् ।

याे समाचार तयार पार्दासम्म  ५५ वडाध्यक्ष जितेको राप्रपा केही स्थानमा पालिका प्रमुख र धेरै स्थानमा वडाध्यक्ष पदमा अगाडि छ ।

वडाध्यक्षमा विजयीहरूको सूची

१. नवलपरासीको सरावल गाउँपालिका- ३ को वडा अध्यक्षमा राप्रपाका फिरंगी चौधरी प्यानल सहित बिजयी ।
२. राप्रपाका सूर्यलाल यादव विराटनगर महानगर- १३ मा वडा अध्यक्ष निर्वाचित ।
३. शंखरापुर-६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ प्यानल सहित वडा अध्यक्षमा निर्वाचित ।
४. भद्रपुर नगरपालिका ७ को वडा अध्यक्षमा अभिषेक ढुङ्गाना विजयी ।
५..भक्तपुरको चाँगुनारायण नगरपालिका ७ को वडा अध्यक्षमा राप्रपाका श्याम नायजु श्रेष्ठ विजयी ।
६. पाँचथरको फिदिम-१० को वडा अध्यक्षमा राप्रपाका होमराज थाम्सुहाङ्ग निर्वाचित ।
७. नवलपरासीको रामग्राम नगरपालिका ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादव सहितको प्यानल निर्वाचित ।
८.. पाँचथरको फिदिम -४ मा राप्रपाका उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित ।
९. धनुषा गणेशमान चारनाथ नगरपालिकाको २ मा राप्रपाका बेचूँ हमालकाे प्यानल विजयी ।
१०. शंखरापुर नगरपालिकाको ३ मा राप्रपाका सूर्य तामाङ बिजयी ।
११. धादिङको रुबिभ्याली ४ को अध्यक्षमा राप्रपाका प्रशान्त तामाङ र प्यानल बिजयी ।
१२.. धादिङको रुबिभ्याली ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल बिजयी ।
१३. धादिङको खनियाबास ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल बिजयी ।
१४. सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल बिजयी ।
१५. सिद्धार्थनगर नपा कै ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल बिजयी ।
१६. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा १ मा श्यामकुमार आले र प्यानल बिजयी ।
१७. लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा तेजनारायण (हिरा)को प्यानल बिजयी ।
१८. भद्रपुर नगरपालिका ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल बिजयी ।
१९. झापाको हल्दिबारी गाउँपालिकाको १ मा देवी थापा सहितको प्यानल बिजयी ।
२०. नेपालगन्ज उपमहानगरको २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल बिजयी ।
२१. सर्लाहीको कौडेना गा.पा. को वडा नं ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल बिजयी ।
२२. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित ।
२३. नवलपरासीको रामग्राम-३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित ।
२४. नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित ।
२५. दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी ।                                                       २६. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित विजयी ।
२७. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं-१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित ।
२८. रुपन्देहीको रोहिणी गापाको वार्ड न.१ को अध्यक्ष पदमा मुक्त्तर अहमद पठानको प्यानल निर्वाचित ।
२९. चितवनको माडी नगरपालिका वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित ।
३०. सिद्धार्थनगर नगरपालिका-२ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
३१. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित ।
३२. डोटीको के.आई. सिंह गाउँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी ।
३३. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित बिजयी ।
३४. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी ।
३५. धादिङको खनियाबास गाउँपालिका १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ बिजयी ।
३६. रुपन्देहीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल बिजयी ।
३७. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष विक्रम चन्द सहित प्यानल विजयी ।
३८. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी ।
३९. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी ।
४०. सल्यानको कपुरकाेट गापाकाे वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बाेहाेरा लगायत सदस्यहरू विजयी ।
४१. चाँगुनारायण नगरपालिका- ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानल सहित विजयी ।
४२. रुपन्देहीको देवदह नगरपालिकाको वडा ११ को अध्यक्ष दुधनाथ यादव र प्यानल बिजयी । देवदहकै वडा नं १२ मा चार वडा सदस्य निर्वाचित ।
४३. बाँकेको राप्ती सोनारी गाउँपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल वडा अध्यक्षमा प्यानल सहित बिजयी ।
४४. शंखरापुर नगरपालिका वडा नं ७ मा वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित ।
४५. सुनसरीको भोक्राहा नरसिंह गापाको ५ मा हबिब मिया र सबै सदस्य निर्वाचित ।
४६. सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत र सदस्यहरू निर्वाचित ।                       ४७. नवलपरासीको प्रतापपुर गाउँपालिका-५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरू निर्वाचित ।
४८. धुलिखेल नगरपालिका -७ को वडा अध्यक्षमा रोमी प्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित ।
४९. झापाको बाह्रदशी गाउँपालिका- ५ को वडा अध्यक्षमा राप्रपाका वीरबहादुर राजवंशी र प्यानल निर्वाचित ।
५०. गणेशमान चारनाथ नगरपालिका-२ को वडा अध्यक्षमा ज्योतिदीप हमाल र प्यानल विजयी ।
५१. रुपन्देहीको रोहिणी गाउँपालिका ४ को वडा अध्यक्षमा राप्रपाका तारानाथ यादव ।
५२. नेपालगञ्ज उपमहानगर-८ को वडा अध्यक्षमा राप्रपाका रजनीश वाजपेयी (विवेक) लगायत प्यानल विजयी ।
५३. हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका सन्तकुमार थापा र प्यानल विजयी ।
५४. राजविराज नगरपालिकाको वडा नं १३ को वडा अध्यक्षमा राप्रपाका त्रिलोकी नाथ चौधरी निर्वाचित ।
५५. गणेशमान चारनाथ नगरपालिकाको वडा नं- ४ अध्यक्षमा सोमबहादुर आले प्यानल सहित विजयी ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्