घाेराही उपमहानगरपालिकामा मेयरमा नरूलाल र उपमेयरमा हुमा विजयी – Kanika Khabar
Friday, March 29Nepali News Portal

घाेराही उपमहानगरपालिकामा मेयरमा नरूलाल र उपमेयरमा हुमा विजयी

    मा प्रकाशित

जेठ ५, दाङ ।

दाङकाे घाेराही उपमहानगरपालिकामा स्थानीय तहकाे निर्वाचन अन्तर्गत मेयरमा नेकपा एमालेका उम्मेदवार नरूलाल चाैधरी र उपमेयरमा एमालेकै उम्मेदवार हुमा डिसी विजयी भएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनबाट चाैधरी दाेस्राे कार्यकालका लागि पुन: निर्वाचित भएका हुन् । उनले  ३१ हजार ७ सय २८ मत  मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमन्ड)ले  २६ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा विजयी डिसीले मत  ३० हजार ४ सय ३प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका भूपबहादुर डाँगीले  ३० हजार ३ सय ५४ मत प्राप्त गरेका छन् ।  कुल १ लाख १२ हजार ९ सय २७ मत मध्ये  ७६ हजार ५ सय २१ मत खसेकाे थियाे ।

निर्वाचन आयाेगकाे सार्वजनिक गरेकाे नतिजा अनुसार नेकपा एमालेले १,२,३,४,५,६,७,८, ११, १२, १४, १७ र १८ वडामा विजय हासिल गरेकाे छ । नेपाली काङ्ग्रेसले १०, १३, १५, १६ र १९ वडामा विजय हासिल गरेकाे छ भने नेकपा माओवादी केन्द्रले वडा नं. ९ मा विजय प्राप्त गरेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्