घोराहीमा गठबन्धनको पराजय : मतदाता शिक्षा प्रभावकारी भएन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

घोराहीमा गठबन्धनको पराजय : मतदाता शिक्षा प्रभावकारी भएन

    मा प्रकाशित

खेमराज रिजाल
दाङ, ६ जेठ ।

बहुप्रतिक्षित चुनावी परिणामले घोराहीमा गठबन्धनलाई हराएको छ । केही वडामा गठबन्धनका उम्मेदवार जवर्जस्त विजयी भए पनि अन्ततः मेयर र उपमेयर गठबन्धनले पाउन सकेन ।

यसमा विभिन्न प्राविधिक पक्षहरु साक्षी बने । अडकलबाज राजनीतिज्ञहरुले यसलाई आत्मीय गठबन्धन नभएको र दुवै पार्टीमा घात अन्तर्घातको अवस्था आएको पनि चोकचौतारामा टिका–टिप्पणी गर्न थालेका छन् । यद्यपि गठबन्धनको हार जनमतका आधारमै भएको भने देखिँदैन, यसमा प्राविधिक पक्ष पनि सार्थक भूमिकामा देखियो । जसका कारण बदरमत गठबन्धनको पराजयको एउटा प्रमुख आधार बन्यो, जुन बदर मतको तथ्यांकले नै स्पष्ट पारेको छ । एकथरी टिप्पणीकारहरुले भनिरहेका छन्, ‘मत बदर हुन्छन् भन्ने निर्वाचनअघि नै थाहा थियो, यसमा गठबन्धनले करेक्सन गर्न आवश्यक ठानेन्’, जुन पराजयको मुख्य आधार बन्यो ।

तर योबाहेकका पनि विविध पक्षले गठबन्धनलाई हार व्यहोर्न बाध्य बनाए । जानकारका अनुसार नेकपा बन्नुअघि साविकको माओवादी केन्द्र जति संख्यामा थियो, नेकपा भंग भएपछि आफ्नै पार्टीमा फर्कदा त्यो सबै हिस्सा माओवादी केन्द्रमा आएन । अर्थपूर्णरुपमा माओवादी केन्द्रमा आवद्ध मतदाताहरु नेकपा एमालेमै जोडिए । जसले माओवादी केन्द्रको मतलाई घटाउन बल पु¥यायो । अर्थात पहिलेजस्तै जनमत माओवादी केन्द्रमा यो निर्वाचनसम्म रहन सकेन । अर्का राजनीतिक विश्लेषकको भनाइमा घोराहीको गठबन्धन पाँच दलीय बन्न सकेन, समाजवादीले मेयर उपमेयरसहित सबै वडाध्यक्षसहित निर्वाचनमा प्रतिस्पर्धा ग¥यो भने अन्य गठबन्धनका साना दल (माओवादी केन्द्र र कांग्रेस बाहेक) आ–आफ्नै चुनावी मेसोमा लागे । त्यसैले घोराहीको चुनाव पाँच दलीय गठबन्धन नभएर दुई दलीय गठबन्धन मात्र बन्यो, जसका कारण पनि हारलाई नजिक पु¥याउन सघायो । दुई दलीय गठबन्धनका यी चुनौतीलाई एमालेले नजिकबाट नियालिरहेको थियो ।

पाँच बर्ष स्थानीय सरकार चलाउँदाका अनुभवलाई आत्मसमीक्षा गर्दै चुनावी अभियानमा लाग्यो एमाले । अन्तरपार्टी कुनै समस्या थिएन, कसरी यसअघि पाएको मतलाई सुरक्षित राख्दै थप मतका लागि के–कस्तो रणनीति अपनाउनेमा अभ्यस्त बन्यो एमाले । हारको अर्को कारण थारु समुदायको जातीय बाहुल्यता पनि हो । मतदाताको करिब २७ प्रतिशत थारु समुदायले ओगटेको छ । अन्ततः घोराही उपमहानगरमा यिनै चुनौतीलाई अवसरमा बदलेर विजयी बन्यो एमाले ।

मुलुकभरका ११ उपमहानगरमध्ये एमालेको विजय सुरुआत नै घोराहीबाटै भयो, त्यसैले राष्ट्रिय राजनीतिमा पनि घोराहीले चर्चा पायो । लडाइँ स्थानीय पालिकाको गठबन्धन र एमालेको मात्रै थिएन । थियो, एमालेका प्रभावशाली नेता तथा महासचिव शंकर पोख्रेल र माओवादी प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराको । राप्रपाले यसअघिको रेकर्ड बढायो, प्राप्त मतमा । कांग्रेस निकट सरिता देवकोटाले मेयर पदमै पाएको करिब ५ हजार मत पनि निकै अर्थपूर्ण रह्यो । यसलाई रोक्न सक्ने उपाय सायद थिएन, तर पनि गठबन्धन बलियोरुपमा योजनासहित प्रस्तुत भएर मतदातामाझ पुग्नुपथ्र्यो तर प्रचारात्मक अभियान मतदाताको घरसम्म पुग्न सकेन । गठबन्धनको औचित्यमै अलमलमा रहे मतदाता ।

 

यो उमहानगरको प्रमुखमा एमालेका चौधरी ३१ हजार ७२८ मतसहित विजयी भए । २२ हजार ३० मत त उनले वि.सं. २०७४ कै स्थानीय तहको निर्वाचनमा प्राप्त गरेका थिए । त्यसलाई सुरक्षित राख्दै माओवादी परित्याग गरेका नेता जीवन गौतम र माओवादी त्यागेर प्रमोद न्यौपानेसँगको सामिप्यताले पनि एमालेलाई केही मत जोड्न सहज बन्यो । थप भएका मतदातामा पनि एमालेले योजनाबद्धरुपमा सहजै पहुँच स्थापित गर्न भ्यायो, मतदाता शिक्षाको एमालेलाई खासै जरुरी थिएन । मत चिह्न लस्करै ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा(डायमण्ड)ले शर्माले २६ हजार ३६८ मत ल्याए । माओवादी केन्द्रका स्थानीय निर्वाचन २०७४ का उम्मेदवार जीवन गौतमले उतिबेलै १२ हजार ८२ मत ल्याएका थिए भने कांग्रेसका मेयर पदका उम्मेदवार भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत ल्याएका थिए । दुवैको मत जोड्ने हो भने पनि करिब साढे २९ हजार मत हुन्छ । पहिलेको मतलाई सुरक्षित राख्दै यसबीचमा थपिएका नयाँ मतदाताहरुमध्ये २ हजार मतदाता मात्रै समेट्न सकेको भए गठबन्धनको विजय सुरक्षित बन्न सक्थ्यो ।

हार प्राविधिक हो : उम्मेदवारहरु

यसैबीच घोराही उपमहानगरपालिकाको निर्वाचनमा पराजय भोग्नुको प्रमुख कारण मतदाता शिक्षाको कमीसँगै गठबन्धन दलहरुबीच विश्वासको वातावरणमा केही समस्या भएको बताएका छन् । गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी हेमराज शर्मा (डायमण्ड)ले निर्वाचनका क्रममा गठबन्धन दलहरुबीच विश्वास पैदा गर्न नसकिएको अभिव्यक्ति दिए । खासमा घोराहीमा पाँच दलीय गठबन्धन नभएर कांग्रेस माओवादी गठबन्धन मात्रै भएको उनले बताए । यद्यपि गठबन्धन पुरै असफल भएको रुपमा नहेर्न पनि उनले आम मतदाता एवं नेता कार्यकर्ताहरुलाई आग्रह गरे । ‘निर्वाचनमा पराजयका पछाडि धेरै कारणहरु छन्, यसलाई गठबन्धन असफल भएको रुपमा नलिइदिनुहोला’, शर्माले आम मतदाताहरुलाई आग्रह गरेका छन्, अहिले देखिएका कमी–कमजोरीलाई सच्याएर हामी राष्ट्र र राष्ट्रियता एवं संघात्मक लोकतान्त्रिक संविधान रक्षाका लागि प्रतिबद्ध रहने छौं’, मेयरका शर्माले भने । उनले निर्वाचनका क्रममा दुई दलीय गठबन्धनबीच कुनै समस्या नदेखिएको बताए, यद्यपि मेयर र उपमेयरको प्राप्त मतलाई आफूहरुले समीक्षा गर्ने पनि उनको अभिव्यक्ति थियो ।

 

त्यसैगरी उपमेयरका प्रत्यासी भूपबहादुर डाँगीले यो हारलाई गठबन्धन असफल भएको वा पार्टीभित्रकै घात अन्तर्घातका रुपमा नलिन आग्रह गरे । ‘हार जनमत नपुगेर होइन, प्राप्त मत अत्यधिक बदर भएका कारण हो, हामीले आगामी निर्वाचनमा यसलाई खरो रुपमा सच्याउने छौं’ उपमेयरका प्रत्यासी डाँगीले भने । बदर मतलाई मात्रै जोगाउन सकेको भए पनि विजय निश्चित भएको उनको अभिव्यक्ति थियो । प्राप्त जानकारी अनुसार गठबन्धनका मेयरका मत ६ हजार ५ सयको हाराहारीमा बदर भएका छन् भने उपमेयरका साढे ७ हजार मत बदर भए । यति धेरै बदर मतलाई रोक्न सकेको भए पनि विजय निश्चित हुने उनको अभिव्यक्ति थियो । उनले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्