समयमा पाठ्यपुस्तक नपुग्दा देशभरका झन्डै २४ लाख विद्यार्थीको पठनपाठन प्रभावित – Kanika Khabar
Friday, April 19Nepali News Portal

समयमा पाठ्यपुस्तक नपुग्दा देशभरका झन्डै २४ लाख विद्यार्थीको पठनपाठन प्रभावित

    मा प्रकाशित

जेठ ७, काठमाडौँ ।
समयमा पाठ्यपुस्तक नपुग्दा देशभरका झण्डै २४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रमा सरकारले चार, सात र नौ कक्षाका लागि नयाँ पाठ्यक्रम लागु गरेको छ । तर नयाँ पाठ्यक्रमअनुसारका पुस्तक नपुग्दा तीन वटा कक्षामा अध्यनरत झण्डै २४ लाख बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।

स्थानीय निर्वाचनमा मतपत्र छपाईको काम गर्नुपरेकाले समयमै पाठ्यपुस्तक छपाई गर्न नसकिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । जसका कारण शैक्षिक सत्र सुरु भएपनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अझै ३५ लाख पुस्तक छपाई गर्न बाँकी छ । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने पाठ्यपुस्त नपुगेकै कारण विद्यार्थीको पठनपाठन नरोकिने गरी छपाईको काम तीव्र गतिमा भइरहेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्