घाेराहीमा अब निजी र सहकारीमार्फत नगरबस चलाउँछाैँ- नगर प्रमुख चाैधरी – Kanika Khabar
Friday, March 29Nepali News Portal

घाेराहीमा अब निजी र सहकारीमार्फत नगरबस चलाउँछाैँ- नगर प्रमुख चाैधरी

    मा प्रकाशित

घाेराही, ८ जेठ ।

घाेराही उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख नरुलाल चाैधरीले यहाँको अार्थिक सबलीकरणका लागि निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले अाज बिहान अायाेजना गरेकाे स्वागत तथा सम्मान कार्यक्रममा उहाँले निजि क्षेत्रसँगकाे सहकार्य बिना विकास सम्भव नभएकाे बताउनुभयाे । समृद्ध घाेराही बनाउनका लागि निजि र सहकारीकाे माध्यमबाट नगर संचालन गर्ने, बेलुकी ७ नबज्दै बन्द हुने बजारलाई राति अबेरसम्म खुलाउन याेजनावद्ध ढंगले अघि बढ्न अाफुहरु तयार रहेकाले याे काममा निजि क्षेत्रले सहयाेग गर्नुपर्ने बताउनुभयो ।
हामी प्रदेश राजधानीबासी भईसकेपछि नयाँ ढंगले अघि बढ्नुपर्छ, हावापानी र सुरक्षाका हिसाबले घाेराही धेरै राम्राे छ अब बजार चलायमान बनाउँदै उपभोक्तालाई सहज रुपमा बस्तु खरिदकाे वातावरण बनाउन ध्यान दिन जरुरी छ, त्यसका लागि नगरबस रातिसम्म चलाउने, बजार राति अबेरसम्म खुलाउने, पार्किङ थप व्यवस्थापन गर्ने काममा अब ढिला गर्नु हुँदैन, उहाँले भन्नुभयाे ।
यस्तै, उहाँले घाेराही ३ र ५ मा पर्ने लक्ष्मीपुर अाैद्याेगिक क्षेत्रका काम छिटाे अघि बढाउन छिटै नै केन्द्रमा ध्यानाकर्षण गर्न जाने बताउनुभयो । घाेराही ८ मा निर्माण हुने भनिएको विमानस्थलकाे काम पनि अघि बढाउन सार्थक पहल हुने बताउनुभयो । विमानस्थल बनाउन सर्वेकाे काम सकिएकाले अब डिपिअारकाे काम अघि बढ्ने चरणमा रहेकाे उहाँको भनाई थियाे । राम्राे काम गर्दा कहीकतैबाट विराेध हुनु स्वाभाविक हाे, तर स्थानीय जनतालाई व्यवस्थापन गरेरै अघि बढ्नुपर्छ । तत्कालका लागि विराेध हाेला तर विमान स्थल बन्याे भने जिल्लाकाे समग्र विकासमा ठुलाे टेवा पुग्छ, यसमा निजि क्षेत्रले साथ दिन जरुरी छ, उहाँले भन्नुभयाे । नारायणपुरमा विमानस्थल बनाउँदा तुलसीपुरकाे पनि निरन्तर संचालनमा ध्यान दिईने बताउनुभयो ।
यस्तै, घाेराही- स्वर्गद्वारी केबुलकार संचालनकाे काम अघि बढाउने, अन्तर जिल्ला व्यापार सम्बन्ध बलियाे बनाउन अब कुनै पनि हालतमा ढिलाइ नहुने बताउनुभयो ।
उहाँले अबकाे पाँच वर्षे कार्यकालमा यहाँकाे अार्थिक विकास र समृद्धिका लागि विशेष प्राथमिकतामा रहेकाे स्पष्ट पार्नुभएकाे छ ।
संघका अध्यक्ष टंकसिंह बुढाथोकीकाे अध्यक्षतामा भएको कार्यक्रममा निजि क्षेत्रका व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे । संघका सदस्य विष्णुप्रसाद रिजालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमकाे सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्