स्थानीय तह निर्वाचन : मधेशवादी दलको उपस्थिति कमजोर – Kanika Khabar
Friday, March 29Nepali News Portal

स्थानीय तह निर्वाचन : मधेशवादी दलको उपस्थिति कमजोर

    मा प्रकाशित

स्नेहा कर्ण (सीआईएन)
जेठ ८, काठमाडौँ ।

यसपालीको स्थानीय तहको निर्वाचनमा मधेशवादी दलहरू कमजोर देखिएका छन् । १ सय ३६ स्थानीय तह रहेको मधेश प्रदेशमा मधेशवादी दलको उपस्थिति अहिलेसम्मको नतिजामा कमजोर देखिएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) यी दुई दलले राष्ट्रिय पार्टीको मान्यता पाएपनि गत चुनावको भन्दा दुबैको नतिजा सन्तोषजनक छैन । लुम्बिनी, सुदूरपश्चिम, प्रदेश १ मा पनि स्थानीय तहको निर्वाचनमा दुवै दलले उम्मेदवार उठाएका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीले २५ प्रमुख तथा अध्यक्ष र सङ्घीय समाजदावी फोरम नेपालले देशभर झन्डै ४० प्रमुख तथा अध्यक्षमा जित हात पारेको थियो । यस पटक मधेसवादी दलका शीर्ष नेताको गृह जिल्लामा नै अरु दलरू विजयी हुने अवस्था आएको र यसले आफूहरूमा चुनौती थपिएको लोसपाका प्रवक्ता केशव झाले बताउनुभयो ।

हालसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, जनता समाजवादी चौथो, एकीकृत समाजवादी पाँचौ र लोकतान्त्रिक समाजवादी छैटौं स्थान हासिल गरेका छन् । सत्ता गठबन्धनमा रहेको जसमा र एमालेसँग तालमेल गरेको लोसपाका नेताहरू भने आफूहरू कम्जोर देखिनुमा गठबन्धन दलबाट पूर्ण सहयोग नहुनुलाई पनि मुख्य कारक मध्येको एक ठानिरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्