विभिन्न ५ मुलुकका प्रस्तावित राजहदूतहरूको नाम संसदीय सुनुवाइपछि अनुमोदन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विभिन्न ५ मुलुकका प्रस्तावित राजहदूतहरूको नाम संसदीय सुनुवाइपछि अनुमोदन

    मा प्रकाशित

जेठ ८, काठमाडौँ ।
जापान र इजिप्टसहित विभिन्न ५ मुलुकका प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइपछि अनुमोदन भएको छ । सरकारले सिफारिस गरेका जापानका लागि दुर्गाबहादुर सुवेदी, इजिप्टका लागि सुशीलकुमार लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अस्ट्रेलियाका लागि भरतकुमार रेग्मी र बहराइनका लागि तीर्थराज वाग्लेलाई संसदीय सुनुवाइ समितिले हिजो छुट्टाछुट्टै सुनुवाइ गरेलगत्तै अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

प्रस्तावित राजदूतहरूले सम्बन्धित मुलुकहरूसँगै द्विपक्षीय सम्बन्ध मजबुद बनाउने, विदेशी लगानी भित्र्याउने, पर्यटनहरूलाई भित्र्याउन पहल गर्ने तथा उच्चस्तरीय भ्रमण गराउन पहल गर्नेलगायत विषयमा आफूहरूले प्राथमिकता दिने प्रतिबद्धता गरेका थिए । समितिले यसअघि बुधबार प्रस्तावित चार राजदूतलाई अनुमोदन गरेको थियो ।

यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरुमा मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल) हुन् । यस्तै, समितिले त्यसको अघिल्लो दिन मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङलाई पनि अनुमोदन गरिसकेको छ ।

श्रीलङ्काका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्राध्यापक रामस्वार्थ रायविरुद्ध उजुरी परेको र सुनुवाइको क्रममा चित्तबुझ्दो जवाफ नआएपछि परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भोलि जवाफ पठाउने गरी पत्राचार गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्