सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ – Kanika Khabar
Friday, March 29Nepali News Portal

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

    मा प्रकाशित

जेठ ८, काठमाडौँ ।
सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ । ती किशोरीले केही दिन अघि मात्रै ८ बर्ष अघिको घटना सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्, यसबारेमा संसदले हिजो सरकारको ध्यानाकर्षण गराएको थियो ।

गृहमन्त्रालयले पनि यसबारेमा अध्ययन गर्नको लागि बिशेष समिति बनाएको थियो । गृह मन्त्रालयका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायव उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य रहेको समिति गठन गरेको हो ।

समितिले काम सुरु गरेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले सीआइएनसँग बताउनुभयो । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै तथा बलात्कार बिरुद्धको उजुरी दिदा तोकिएको १ वर्षे हदम्याद हटाउन माग गर्दै विभिन्न ठाउँमा प्रदर्शनसमेत भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्