माटोको इट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

माटोको इट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ

    मा प्रकाशित

दाङ,९ जेठ । दाङमा माटोको इट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एकान्त होटेलमा दुई वटा इट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–६ खंग्रानाका निवासी २६ बर्षीय राजकुमार बुढा, सोही ठाउँ निवासी २४ बर्षीय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका–१ निवासी ४९ बर्षीय सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका १ का ३० बर्षीय गीता बुढा र दार्चुलाको व्यास गाउँपालिका–२ निवासी २३ बर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।

पक्राउ परेकाको साथबाट दुई थान इट्टाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहँलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

पक्राउ परेका उनिहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इट्टा बिक्रि गर्न खोजेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्