सरकारले विलासी वस्तुमा रोक लगाएपछि त्यसको सकारात्मक प्रभाव – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सरकारले विलासी वस्तुमा रोक लगाएपछि त्यसको सकारात्मक प्रभाव

    मा प्रकाशित

जेठ १०, काठमाडौँ ।
अर्थतन्त्रमा दवाव कम गर्न सरकारले विलासी वस्तुमा रोक लगाएपछि त्यसको प्रभाव आयातमा सकारात्मक रुपमा देखा परेको छ । सरकारले गत चैत १३ गतेदेखि खेलौना, मोबाइल, मदिरा लगायतका १० वटा वस्तुहरूको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसअघि नेपाल राष्ट्र बैङ्कले पनि विलासीताका वस्तुहरूलाई निरुत्साहित गर्न बैङ्कहरूलाई परिपत्र गरेको थियो ।

त्यसयता बाह्य मुलुकबाट हुने आयातमा कमी आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको चैतमा नेपालमा बाह्य मुलुकबाट एक खर्ब ५८ अर्बको वस्तु आयात भएको थियो । तर, वैशाखमा यो दर घटेर १ खर्ब ३७ अर्ब ९९ करोडमा पुगेको छ ।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले सुरुवाती असर सकारात्मक देखिए पनि आयात रोक्ने निर्णयले पारेको प्रभावबारे यकिन तथ्याङ्क आउन समय लाग्ने बताउनुभयो । आयातमा इन्धनको आकार ठूलो रहेकाले सरकारले त्यसको खपत घटाउनतर्फ सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्