कनिका संवाददाता
असार ६, पर्वत
पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा बिहान पहिरोले बन्द भएको सडक दिउँसो १ बजेबाट पुनः सुचारु भएको हो । बिहान खसेको पहिरोले सडक पुरिएको थियो । निरन्तर वर्षा भैरहँदा पहिरो पन्छाउन समस्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले दुई तर्फी रुपमा आवाजजावत हुने गरि सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाबाट देशका विभिन्न ठाउँमा अति आवश्यक काम परेर जान चाहेका र ती जिल्लामा फर्किने सर्वसाधारणहरु पहिरोका कारण रोकिएका थिए ।