मूल्य वृद्धि विरूद्ध विराेध – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

मूल्य वृद्धि विरूद्ध विराेध

    मा प्रकाशित

काठमाडाैं । अनेरास्ववियु काठमाडौं भुगाेल जिल्ला कमिटीकाे आयोजनामा सरकारद्वारा घाेषित मुल्यबृद्धि बिरुद्ध प्रदर्शनी मार्गस्थित रत्न राज्य क्याम्पस अगाडि भृकुटीमण्डपमा सरकारद्वारा पटक-पटक सर्वसाधारण जनताकाे ढाड सेक्ने गरी मुल्य बृद्धि गरेर पेट्रोलियम पर्दाथ १० रुपैयाँ बढाएर १८० पुर्याएकाे, डिजेल १० बढाएर पुर्याएकाे, खाना पकाउने ग्यास एकै पटक २०० बढाएर १८०० पुर्याएकाे बिरुद्ध अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले आज बिहान शान्ति पूर्ण तरिकाले विराेध गरेकाे छन् ।

सर्वसाधारण जनताहरुले ठेग्नै नसक्ने गरी लाचारि सरकारले मुल्यबृद्वि गरेकाे बिराेध कार्यक्रममा सर्वसाधारण जनताको पनि राम्रो साथ सहयाेग रहेकाे थियाे। विभिन्न नारा अङ्कित प्लेकार्डहरु हातमा समाई, सडककाे बीच बाटाेमा माेटरसाइका तेर्स्याई नारा अङ्कित प्लेकार्ड झुण्डाएर, बीच बाटाेमा सिलिन्डरमा विभिन्न नारा अङ्कित प्लेकार्ड झुन्डाएर बिराेध प्रदर्शन गरेका थिए ।

टाेखा नगर अनेरास्ववियु अध्यक्ष प्रशान्त डंगोलले ” हाम्राे देशकाे विभिन्न स्थानहरुमा ग्यास खानी पेट्रोलियम पदार्थको खानी सुनदेखी नुन सम्मकाे अथाह खानीकाे भण्डार हुदाहुँदै पनि कमिसनको सिलसिलामा देशलाई कंगाल बनाउन लालायित सरकारले खानी उत्खनन गर्नुकाे सट्टामा आयातमा प्राेत्साहन दिने र भएभरका स्राेतहरु खाेला नालादेखि खनिज पदार्थको जिम्मा विदेशी कम्पनीलाई सुम्पने जस्ता गलत कार्यले गर्दा नेपाली जनता परनिर्भर हुन बाध्य भएकाे छ ।

यस्तो कमिसनखाेरी भ्रष्ट, लाचारी सरकारकाे कुर्कम छनविन गरेर जनताले टुकुचाकाे पानीमा चुर्लुम्म दुबाउने पर्ने दिन आइसकेकाे छ । यति नगरेमा सरकारले जनतालाई अझ ऋणको भारी बाेकाएर आफू निकटका कार्यकर्ताहरुलाई बिलासी जीवन बिताउन प्राेत्साहन भत्ताकाे व्यवस्था गरिनु कुनै हालतमा राम्राे नरहेकाे जनाए” ।

देशमा सक्षम जनशक्ति हुदाहुँदै पनि बिदेशी दलालहरुलाई देशकाे विभिन्न सम्वेदनशील क्षेत्रहरुमा व्यक्तिगत स्वार्थका लागि प्रवेश गराई देशकाे ढुकुटी रित्याउन तत्पर लाचार सरकारले स्वदेशकाे सरसुवसधा कुमल्याइ आफ्नाे देशकाे भन्दा विदेशी राष्ट्र काे सेवा गरिरहेकाे छ।

सरकारकाे लाचारीपनले जनताले दिदीनै महंगीकाे भार बाेक्नु पर्ने गरि घाेषणा गरिएको मूल्य बृद्धिले आम सर्वसाधारण जनता,विद्यार्थी वर्ग,मजदुर वर्ग काे हातमुख जाेड्न धाै-धाै पर्दै गएकाे अवस्था छ र साेकाे बिराेधमा शान्तिपूर्ण बिराेध प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ ।

साे कार्यक्रममा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटी टाेखा नगर कमिटी, अनेरास्ववियु नगरहरुका कमिटीहरु लगायत टाेखाका वडा कमिटीहरूले समेत सामूहिक रूपमा विराेध जनाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्