यी स्वतन्त्र उम्मेदवार जस्ले ७ जना प्रतिपष्पर्धीलाई हराउँदै वडाध्यक्ष जिते – Kanika Khabar
Thursday, April 25Nepali News Portal

यी स्वतन्त्र उम्मेदवार जस्ले ७ जना प्रतिपष्पर्धीलाई हराउँदै वडाध्यक्ष जिते

    मा प्रकाशित

दाङ, जेठ ११। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा सात जना प्रतिष्पर्धीलाई हराउँदै स्वतन्त्र उम्मेदवार शिवानन्द डिसी बिजयी भएका छन् ।

मंगलबार दिउँसो प्राप्त मत परिणाम अनुसार डिसीले १३४४ मत प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित डिसीले मतगणनाको सुरु देखि नै अग्रता लिन सुरु गरेका थिए । उनले अन्तिमसम्म पनि कसैलाई भेट्टाउन वा उछिन्न दिएनन् ।

४९ बर्षीय निर्वाचित डिसीले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका अमर खड्कालाई १८५ मतान्तरले पराजित गरेका हुन । खड्काले ११५९ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा पनि डिसी नेकपा माओबादी केन्द्रबाट अध्यक्ष लडेका थिए । उतिखेर उनी १२२ मतले पराजित भएका थिए ।

यो वडामा गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादीका भुपबहादुर केसी (कलम) ले ४६७, नेपाली काँग्रेसबाट स्वतन्त्र उम्मेदवार कलाधर आचार्य (हाँस) ले १९६, नेकपा एमालेका स्वतन्त्र उम्मेदवार पदमबहादुर केसी (धारा) ले १८३ , मंगोल अर्गनाइजेसन पार्टीबाट लेखबहादुर कुमाल (कुखुराको भाले) ले ७५ र राष्ट्रि प्रजातन्त्र पार्टीबाट रितबहादुर बस्नेत (हलो) ले ५२ मत प्राप्त गरे ।

तुलसीपुर – १६ नम्बरको एक जना वडाध्यक्ष पदका लागि दाङ जिल्लामै सबै भन्दा बढी उम्मेदवारी परेको थियो ।

यहाँ २०७४ सालको स्थानीय तह निर्वाचमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा झिनो मतान्तरले पराजित गणेश चौधरीसहित आठ जनाको उम्मेदवारी परेको थियो । तर, निर्वाचनको दुई दिन अगाडि मात्रै नेताहरुको आग्रहमा चौधरीले गठबन्धन दलका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । तैपनि चौधरीको लौरो चुनाब चिन्हमा ७ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा नेकपा एमालेबाट वडाध्यक्ष जितेका भुपबहादुर केसी पछिल्लो समयमा नेकपा एकीकृत समाजबादीमा पार्टी प्रबेश गरेका थिए ।
त्यसैले समाजबादीले गठबन्धनले जित्ने आशासहित फेरि पनि केसीलाई नै उम्मेदवार बनाएको थियो ।

स्वतन्त्र उम्मेदवार डिसी टिम नबनाएर आँफु मात्रै अध्यक्षमा लडेका थिए ।
यहाँ नेकपा एमालेबाट रिखा शर्मा पोखरेल १२९९ र पार्वता कामी १२४० निर्वाचित भए ।

त्यस्तै गठबन्धन दलबाट नेपाली काँग्रेसका देबबहादुर चौधरी १३२५ र मोहनलाल थारु १२८७ मत प्राप्त गरि सदस्यमा निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार डिसी निर्वाचित भएपछि समर्थकहरुले उनलाई अभिर मालाले रंगाउँदै पञ्चेबाजाको तालमा नाच्दै खुसियाली साटेका थिए । तर, त्यति कुनै दलको झण्डा नभएपनि राष्ट्रिय झण्डा र उनको चुनाब चिन्ह पुतली अंकित झण्डाहरु भने फहराई रहेका देखिन्थे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्