अटो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अटो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

    मा प्रकाशित

दाङ, जेठ ११ । रोल्पामा भएको अटो दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको छ । अटो चालक रोल्पा नगरपालिका वडा नं। २ का २९ बर्षीय महेश कवरको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार बेलुका ६ बजेतिर रोल्पा नगरपालिका – २ सिमलबाङबाट माडीचौर तर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो अनियन्त्रित भइ सडकदेखि झन्डै ५० मिटर मुनी खसेको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार दुर्घटनामा परि तीन यात्रु घाइते भएका छन् ।

दुई जना उपचार पछि डिस्चार्ज भइ सकेको र एक जना गम्भीर घाइते रोल्पा नगरपालिका – ७ का अन्दाजी ५२ बर्षीय जानसिंह पुनलाई थप उपचारको लागि बुटवल पठाइएको डिएसपी घिमिरेले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्