दाङमा रगतको अभाब, १६ जनाले गरे रक्तदान – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङमा रगतको अभाब, १६ जनाले गरे रक्तदान

    मा प्रकाशित

बिमल गौतम
११ जेठ, दाङ । दाङमा रगतको चरम अभाब सृजना भएपछि बुधवार रिपोर्टस कल्ब दाङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । तुलसीपुर स्थित कालिकादेवि रक्त सन्चार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा बोल्ने बक्ताहरुले बजारमा रगतको अभाब हुदा सम्म पनि सरोकार वालाहरु मौन रहनु आश्चर्यजनक रहेको बताएका थियए।

सरोकार वाला निकायले सक्रियताका साथ रगत सङ्कलनमा चासो नदेखाउदा ठुलो समस्या आईपरेको भन्दै बिभिन्न सङ्घ सस्थाहरुको ध्याणाकर्षण समेत गराएका थिए।उनिहरुले सञ्चार क्षेत्रमा क्रियाशिल सस्था रिपोर्टस क्लबले सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै धन्यवाद ज्ञापन समेत गरेका थिए ।

रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता एवम नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम उदघाटन गरिएको थियो । कार्यक्रममा तुलसीपुर उद्योग बणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजाल,रोटरि क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष यज्ञबहादुर केसि,वडा नम्बर पाचका वडा सदस्य भिमबहादुर केसि,लगायतकाले बोलेका थिए ।

सो अबसरमा बोल्ने बक्ताहरुले रिपोर्टस क्लबको समन्वयमा रक्तदान जिवनदान गर्नुहुने तुलसीपुर मेट्रो कलेजका बिधार्थिहरु,जनप्रतिनिधि ,सुरक्षाकर्मि ,पत्रकार,ब्यबसायिरुमा धन्यवाद ज्ञापन गरिएको थियो ।कार्यक्रमको सहजिकरण कलबका महासचिव बिमल गौतमले गरेका थिए ।

सो अबसरमा तुलसीपुर मेट्रो कलेजका बिधार्थिहरु तिलक रावत,समिर पोख्रेल,दामोदर खडका,सितल नेपालि,सङ्गिता बिक,प्रतिमा मल्ल,निर्मला खत्री ,रेश्मि थापा,र हसिना बुढामगरले रक्तदान गरेका थिए। त्यसैगरि बिमल रिजाल,हेमराज बस्नेत,लालु चौधरि,निकिता योगि र भक्तबहादुर राहुमगर र सन्दिपन रिजालले बुधवार आयोजित कार्यक्रममा रक्तदान गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्