सुकुम्बासीको लगत संकलन र लालपुर्जा वितरण गर्ने तुलसीपुरका मेयर खड्काको पहिलो निर्णय – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सुकुम्बासीको लगत संकलन र लालपुर्जा वितरण गर्ने तुलसीपुरका मेयर खड्काको पहिलो निर्णय

    मा प्रकाशित

तुलसीपुर, जेठ १२ । तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्काले तत्काल सुकुम्बासीको लगत संकलन गरी लालपुर्जा वितरण गर्ने निर्णय गरेका छन ।

बिहीबार पदभार ग्रहण गर्दै उनले अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या समाधान गर्ने पहिलो निर्णय गरेका हुन ।

त्यस्तै उपमेयर स्यानी चौधरीले जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेकी छिन् ।

पदभार ग्रहण गर्दै उनले ७० बर्ष पुगेका जेष्ठ नागरिक, २ महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकी हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्