पत्रकार खड्का र भट्टराई सम्मानित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

पत्रकार खड्का र भट्टराई सम्मानित

    मा प्रकाशित

जेठ १३, दाङ । नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशले दाङका पत्रकार नारायण खड्का र  निशान दाजु भट्टराईलाई सम्मान गरेको छ । आज लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा आयोजित नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको बिशेष साधारणसभाको अवसरमा खड्का र  भट्टराई नगदसहित सम्मानित भएका हुन।
बिकास निर्माण र निर्माण ब्यबसायीको पक्षमा पत्रकारिताको माध्यमबाट कलम चलाई महत्वपुर्ण भुमिका निर्बाह गर्नु भएको भन्दै महासंघले पत्रकार खड्का र भट्टराईलाई सम्मान गरेको हो । निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना र महासंघका केन्द्रिय उपाध्यक्ष टाेपबहादुर रायमाझीले उनलाई टिका, खादा र माला लगाएर सम्मान गरेका हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्