प्रेस युनियनको स्थापना दिवसमा रक्तदान – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

प्रेस युनियनको स्थापना दिवसमा रक्तदान

    मा प्रकाशित

दाङ,१३ जेठ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसका अवसरमा शुक्रबार घोराहीमा रक्तदान गरिएको छ ।
प्रेस युनियन दाङ शखाको आयोजना तथा रक्तसञ्चार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका हुन।

कार्यक्रममा जुनकुमारी बुढा, खुमा खड्का, लिलाधर वली, दीपक वली, समीर वली, अम्बिका वली, राजकुमार कान्छा, अमरराज आचार्य, विवेक खड्का ,हेमराज परिवर्तन, हिमाल महरा,जंगबहादुर रेउले, निर्मल थापा,रोशन महरा,घनश्याम गिरी, बिनोद नेपाली, सुनिता गिरीगायतले रक्तदान गरेको प्रेस युनियन दाङ शाखा सचिव आर.के. शीतलले जानकारी दिएका छन् ।

प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा प्रेस युनियन दाङका सल्लाहकार एवं पुर्व केन्द्रीय सदस्य सुदीप गौतम, प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम,नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्