शिक्षा क्षेत्र सुधारका लागि स्थानीय सरकार प्रतिबद्ध : अध्यक्ष बस्नेत – Kanika Khabar
Friday, April 19Nepali News Portal

शिक्षा क्षेत्र सुधारका लागि स्थानीय सरकार प्रतिबद्ध : अध्यक्ष बस्नेत

    मा प्रकाशित

शान्तिनगर,१४ जेठ । शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल शिक्षक संघ शान्तिनगरले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बस्नेतले गाउँपालिकामा रहेको सरकारी स्कृुलको शैक्षिक गुणस्तर सुधारका लागि आफु सधै प्रतिवद्ध रहेको बताएका हुन ।

नेपाल शिक्षक संघ शान्तिनगरका अध्यक्ष ठकप्रसाद पुनको अध्यक्षतामा एव शान्तिनगर गाउँपालिकाका नबनिर्बाचित अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रेमा केसी र नेपाल शिक्षक संघ दाङका उपाध्यक्ष योगराज खत्रीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले आफू समग्र शिक्षकहरुको मागप्रति सकारात्मक रहेको बताउदै शिक्षा क्षेत्र सुधारका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

साथै अध्यक्ष बस्नेतले आफुले ५ बर्षभित्र शिक्षा क्षेत्रमा धेरै सुधार गरेर देखाउने बताएका थिए । कार्यक्रममा शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष प्रेमा केसी, शिक्षक संघ दाङका उपाध्यक्ष योगराज खत्री ,वडा नम्बर ३ का अध्यक्ष मीनबहादुर केसी,५ का अध्यक्ष ओपेन्द्र रावत, ७ का अध्यक्ष ताराबहादुर ओलि, शिक्षक संघ दाङका सहसचिव निमबहादुर नेपाली , नेपाल शिक्षक महासंघ शान्तिनगरका अध्यक्ष ओपेन्द्र केसी , विपी माध्यािमक विद्यालय बयालेका प्रधानाध्यापक तुलसी गिरि लगाएतले बोलेका थिउ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतलाई शिक्षक खुमानन्द पौडेलले स्मरणपत्र समेत बुझाएका छन।नबनिर्बाचित जनप्रतिनिधिहरुलाई टीका र खादा लगाएर सम्मान गरिएको थियो । सहसचिव कल्पना पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब कुलबहादुर डाँगीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्