राप्ती साहित्य परिषदद्वारा दंगी–उर्वशी महाकाव्यको परिचर्चा – Kanika Khabar
Thursday, April 18Nepali News Portal

राप्ती साहित्य परिषदद्वारा दंगी–उर्वशी महाकाव्यको परिचर्चा

    मा प्रकाशित

घोराही,१५जेठ ।

राप्ती साहित्य परिषद् केन्द्रको आयोजनामा महाकाव्य दंगी–उर्वशीको परिचर्चा गरिएको छ । साहित्यकार डा गोविन्द आचार्यद्वारा लिखित महाकाव्य दङ्गी–उर्वशीको परिचर्चा गरिएको हो।

कार्यक्रम परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा नेपाल संस्कृत विश्व विद्यालयका शिक्षाध्यक्ष प्रा डा भीम खतिवडाको प्रमुख आतिथ्यता एवं वरिष्ठ साहित्यकार प्रा कोषराज न्यौपानेको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा महाकाव्यको समीक्षात्मक चर्चा वरिष्ठ साहित्यकार प्रा कोषराज न्यौपाने र विश्व नेपाली साहित्य प्रतिष्ठान दाङका अध्यक्ष डा कृष्णराज डिसीले गरेका थिए । कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, महाकाव्यकार डा गोविन्द आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

राप्ती साहित्य परिषद्का उपाध्यक्ष एवं दाङ शाखाका अध्यक्ष दीपक शर्मा ‘समीर’को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्