आज देशभर आंशिकदेखि सामान्य बदली हुने – Kanika Khabar
Monday, November 17Nepali News Portal

आज देशभर आंशिकदेखि सामान्य बदली हुने

    मा प्रकाशित

कनिका डेस्क
असार ७, दाङ
आज देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश ५ तथा कर्णाली प्रदेश धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाले जनाएको छ । महाशाखाका अनुुसार प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्