समृद्ध गाउँपालिका हाम्राे प्राथमिकता : अध्यक्ष गिरी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

समृद्ध गाउँपालिका हाम्राे प्राथमिकता : अध्यक्ष गिरी

    मा प्रकाशित

शिक्षाको विकासका लागि करिब तीनदशक शिक्षाको उज्यालो ज्योति बाँडन आफ्नो आधा जीवन बिताएका दंगीशरण–४ सुकदेवामा जन्मिएर जन्मथलोमै सामाजिक अभियान तथा राजनीति सुरु गरेका शम्भु गिरी गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट दंगीशरण गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट दंगीशरण गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित गिरीले शिक्षक पेसाबाट निवृत्त भएपछि गाउँपालिकामै आफ्नो सामाजिक तथा राजनीतिक यात्रा सुरु गरी अहिले जनप्रतिनिधिको रुपमा सोही गाउँपालिकाका जनताले उनलाई अमूल्य मत दिइ निर्वाचित गराएका छन् । दंगीशरण गाउँपालिका कृषिका लागि उर्वर भूमि हो । यहाँका धेरैजसो मानिस कृषिमा आधारित छन् । पश्चिम दाङको अन्नभण्डारदेखि थारुको बाहुल्यता रहेको गाउँपालिकामा कृषिदेखि विभिन्न ऐतिहासिक थारु सङ्ग्रहालय भएको गाउँपालिका हो ।

गाउँपालिकामा कृषिको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने गिरी बताउँछन् । सोही विषयमा अध्यक्ष शम्भू गिरीसँग पत्रकार  बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।

 

 भरखरै सम्पन्न स्थानीय तहकाे निर्वाचनमा तपाईंले गाउँपालिका अध्यक्षमा जित्नुभयाे । याे जितलाई कसरी लिनुभएको छ ?

 म विगत वि.सं.२०४१ सालदेखि ०७३ सालसम्म तीन दशक शिक्षा क्षेत्रमा लागेँ र शिक्षण पेशाबाट निवृत्त भएपछि निरन्तर जनताको सेवा र सामाजिक राजनीतिक सेवाममै बिताएँ । मैले शिक्षण गर्दा यहाँका हजारौँ विद्यार्थी, अभिभावकको मन जित्न सफल भएको थिएँ । म जहिले पनि जनताको प्रत्यक्ष सम्पर्कमा रहेर अहिले जननिर्वाचित पनि भएको छु ।

मैले हिजो गरेको लगानी र हिजोका दिनमा बाँडेको शिक्षा र जनसम्पर्कका कारण सबैले मलाई विश्वास गरेर यसले गाउँपालिकामा समृद्ध र विकास गर्न सक्छ भनेर मलाई जिताउनु भएको हो । मैले यो जितलाई अवसर र चुनौती दुवै रूपले लिन्छु । यो गाउँपालिकालाई समृद्ध र नमुना गाउँपालिका बनाउन जनताले मलाई चयन गर्नुभएको छ, यो जित सबै जनताको हो । चुनावी प्रक्रियामा म कुनै दलको उम्मेदवार भए पनि अब साझा उम्मेदवार हुँ ।

यो जित भनेको जनताले मलाई ठूलो अभिभारा दिनु हो र सोहीअनुसार नै मैले काम पनि गर्नु पर्छ । जसरी मैले जनताको मत पाएर निर्वाचित भएँ, त्यसरी नै पालिकाबाट उपलब्ध सेवा सुविधा र मबाट हुन सक्ने सहयोग मैले पनि गर्नु पर्छ । यो जित मेरो मात्र होइन पालिकाबासी सम्पूर्णको जित हो ।

 पालिका अध्यक्षमा निर्वाचित भएपछि दंगीशरण गाउँपालिकाको समग्र विकासका लागि के काम गर्ने योजनामा हुनुहुन्छ ?

 यस गाउँपालिकाको पहिलो पटक नेतृत्व सम्हाल्ने मलाई अवसर मिलेको छ । मैले अहिले नै यो गर्छु र त्यो गर्छु भन्नु उचित नहोला । तर पनि हाम्रो गाउँपालिका सबै जातजाति, भाषा, संस्कृति र रीतिरिवाज भएको पालिका हो । कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुदसँगै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर त्यसको विकास र सुधारका कामहरू गर्ने योजनामा छौँ ।

पहिलो कुरा त यहाँको कृषिलाई र किसानका समस्या समाधान गर्ने, विकास र पूर्वाधारको क्षेत्रमा काम गर्ने, सिंचाइ सुविधा पु¥याउने नै हो । दंगीशरण गाउँपालिकामा किसानको समस्या भनेको सिंचाइको मूल हो । अब कोही पनि किसानलाई कुलाको बाँध बाध्न १५÷२० दिन लगाउनु पर्ने छैन । त्यो बाँधकोको काम पनि छिट्टै नै अगाडि बढ्ने छ । मैले स्याउला सोत्तरमुक्त सिंचाइ बाँध कुलो बनाउने पहिलो योजना छ ।

दंगीशरण गाउँपालिका बेमैसमी तरकारीको खेती गर्ने उपयुक्त पालिका हो । मैले अघि पनि भने यो खाद्यानको भण्डारको रूपमा रहेको गाउँपालिका हो । मुख्य गरी प्रत्येक वडाका टोलमा बाटोको ट्रयाक खोल्न, कालोपत्रे नभएको ठाउँमा कालोपत्रे गर्ने, कच्ची सडकका मर्मतदेखि खानेपानीको समस्या समाधानका लागि योजना निर्माण र विस्तार गर्ने योजनाबद्ध रुपमा अगाडि बढ्ने छौँ । गाउँपालिकामा चक्लाबन्दी कार्यक्रमका साथै हिजो हाम्रो सरकारको पालामा धेरै डिपबोरिङहरू खनिएका थिए । त्यसलाई पूर्णता दिने र सिंचाइका लागि बबईको पानी लिप्mिटङ गरेर किसानको खेतबारीमा सिंचाइ सुविधा पुर्याउने र बीउविजनको सहज आपूर्ति मिलाउने काम हुनेछ ।

हामीले सबैको सरसल्लाह, सुझाव लिएर ५ वर्षमा के–के गर्न सकिन्छ त्यस अनुरूप योजना बनाएर अगाडि बढ्ने छौँ । यहाँको जनताको ठूला माग केही छैनन् । समामान्य जनजीविकासँग प्रत्यक्ष जोडिएका कुराहरू छन् । त्यो पूरा गर्न हामी प्रतिबद्ध छौँ ।

 दंगीशरण गाउँपालिकामा महत्वपूर्ण र दीर्घकालीन योजना के–के बनेका छन् ?

 मैले पहिले पनि भनिसकेँ, मैले जनताको प्रत्यक्ष दैनिक जनजीविकासँग जोडिएका जीविकोपार्जनका लागि विभिन्न दीर्घकालीन अल्पकालीन योजनाहरू र विकास सुरु गर्ने योजना छ । त्यो शिक्षामा होस् चाहे स्वास्थ्य क्षेत्रमा र स्वरोजगारका कार्यक्रमलाई भने पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउने छौँ ।

हामी निर्वाचित भएर पदभार ग्रहण गरेको दिन हामीले महत्वपूर्ण निर्णय पनि गरेका छौँ । जस्तै यहाँका जनतालाई बिमा कार्यक्रममा सहभागी गराउने, त्यसमा पनि वृद्धवृद्धा, दलित, अपाङ्ग, गरिबलाई निःशुल्क सेवा । त्यस्तै अपाङ्ग, गर्भवती, ६० वर्ष माथिका वृद्धवृद्धा, दीर्घरोगीलाई ल्याव सेवा तथा औषधी निःशुल्क उपलब्ध गराउने ।

शिक्षामा सबैलाई कक्षा १२ सम्म निःशुल्क, छोरी सम्मान कार्यक्रमअन्तर्गत १८ वर्षसम्म मासिक ३ सय रूपैयाँ बैंकमा जम्मा गर्ने र २ वटासम्म सन्तान जन्माउने आमाहरूलाई ५÷५ हजार सहयोग, यहाँ रहेका स्वास्थ्य संस्थालाई नुमना र स्वास्थ्यमा सबैको पहँच योग्य तथा विशेषज्ञ सेवा उपलब्ध गराउने योजना छ ।

 धेरैजसो युवाहरू विदेशिएका छन्, कृषिको पकेट क्षेत्र गराउँछु भन्नुहुन्छ, के यो सम्भव छ ?

 हो, तपाईँले राम्रो कुरा उठाउनुभयो । हामीले युवा युवतीहरूलाई स्वरोजगार बनाउन विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने छौँ । जो अहिले पनि भइरहेका छन् । सीपको विकास गरी विदेशमा गएका र गएर आएकालाई जो पैसाको अभावमा यहाँ केही पनि गर्न नसेकाहरूलाई सहुलियतमा ऋण दिने व्यवस्था गर्ने योजना छ । यो गाउँपालिका कृषिका लागि उर्वर क्षेत्र हो ।

युवायुवतीलाई आत्मनिर्भर गराउनका लागि साना ठूला कृषिमा आधारित उद्योग, कृषि पेसाका लागि बैंकहरूसँग कम व्याजमा ऋणको व्यवस्था मिलाउने छौँ । अहिले ५÷६ प्रतिशत व्याज छ भने हामीले १/२ प्रतिशत व्याजमा ऋणको व्यवस्था मिलाउने छौँ । कृषिको आधुनिकीकरणसँगै घरेलु उद्योग स्थापना गर्न प्रबद्र्धन गर्ने स्थानीय स्तरबाट सक्ने काम हामीले गर्छौँ । संघ र प्रदेश सरकारबाट कामका लागि आवश्यक समन्वय र पहल पनि गर्ने छौँ ।

 के जनताका माग र योजनाहरू पूरा गर्न सक्नुहुन्छ त, यो ५ वर्षमा ?

 केही वडामा खानेपानीको व्यवस्था गर्नु पर्ने, भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्नु पर्ने, कृषिका लागि सिंचाइ सुविधा, बाटो नपुगेको ठाउँमा ट्रयाक निर्माण, कच्चीलाई पक्की, नाला निर्माण, ग्राभेललगायतका माग अहिलेसम्म पालिकामा आएका छन् । जनताका अधिकांश काम गाउँपालिकाबाट समाधान गर्न सकिने खालकै छन् ।

ती समस्या समाधानमा हामी योजनाबद्ध रुपमा पनि काम गर्दै छौँ । प्राथमिकताका आधारमा अत्यावश्यक योजनाहरूलाई चाँडै समाधान गर्ने छौँ । यदी हामीले गर्न नसक्ने ठूला योजना भए माथिल्ला निकायसँग साझेदारी र सहकार्य गरेर सम्पन्न गर्ने छौँ । हिजोका योजनाहरू र राम्रो कामलाई निरन्तरता दिने छौँ र ५ वर्षमा यो गाउँपालिकालाई सबैमा समृद्ध र विकासोन्मुख गाउँपालिका बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ ।

 यहाँ संस्कृति र पर्यटनको सम्भावना के छ ?

 पर्यटन विकासका लागि यहाँ एउटा थारु संग्रहालय छ । जहाँ देशविदेशबाट पर्यटक आउने गरेका छन् । थारु संस्कृति र सभ्यताले भरिपूर्ण गाउँपालिका पनि हो । हामीले यहाँको संस्कृति र यो संग्रहालयको प्रचारप्रसार र संरक्षण गर्ने हो भने विभिन्न गाउँहरूमा होमस्टे सञ्चालन गरेर थारु संस्कृतिलाई बचाउने र रीतिरिवाजलाई जोगाउन सक्छौँ र पर्यटन प्रबद्र्धन पनि गर्न सक्छौँ ।

 अन्त्यमा केही भन्नु छ ?

 सबै प्रथमतः तपाईं अनि तपाईको अनलाइनलाई निर्वाचनमा जनतासँग गरेका वाचा र मैले पाँच वर्षको अवधिमा गर्ने कामका बारेमा आफ्ना धारणा राख्न दिनुभएकोमा धेरै–धेरै धन्यवाद । वैशाख ३० गते जनताले आफ्नो दायित्व पूरा गरिसक्नु भएको छ । अब हामीलाई ५ वर्षका लागि त्यो दायित्व हस्तान्तरण गर्नुभएको छ ।

अव हामी जनताको इच्छा चाहना र हामीलाई मतदान गरेर गरेको आशा पूरा गराउनमा लाग्ने छौँ । जनताको आशालाई निराशामा कहिल्यै पनि परिणत हुन दिने छैनौँ । हामीले दंगीशरण गाउँपालिकाको समृद्धि, विकसित र यो गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन लागि पर्ने छौँ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्