७० औँ श्रृङखलामा एकल रचना वाचन सम्पन्न – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

७० औँ श्रृङखलामा एकल रचना वाचन सम्पन्न

    मा प्रकाशित

जेठ २७, दाङ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित एकल रचना वाचना कार्यक्रम अन्तर्गत ७० औँ श्रृङ्खलामा साहित्यकार बिना राेकाद्वारा एकल रचना वाचन आज घाेराहीमा सम्पन्न भएकाे छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. गाेविन्द आचार्यकाे प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का सल्लाहकार एवम् निवर्तमान अध्यक्ष पुरूषाेत्तम खनालकाे विशिष्ट आतिथ्यमा सम्पन्न भएको हाे ।

 

एकल रचना वाचन कार्यक्रममा साहित्यकार बिना राेकाले समसामयिक करिव डेढ दर्जन रचनाहरू वाचन गर्नु भएकाे थियाे । वाचित रचनाहरूकाे समीक्षा वरिस्ठ साहित्यकार डा. कृष्णराज डिसिले गर्नु भएकाे थियाे । साे कार्यक्रममा राप्ती साहित्य परिषद्का वरिस्ठ उपाध्यक्ष एवम् का.वा अध्यक्ष कमलमणि देवकोटा, साहित्यकार डा हिमलाल पन्थीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे भने कार्यक्रममा साहित्यकारहरू पद्मप्रसाद शर्मा, अर्जुन पाैडेल `अर्जुन सर´, नगेन्द्रकुमार आचार्य `नगेन्द्र गुरू´, खेमराज मल्ल, देबेन्द्रकुमार रिजाल, धनसिंह गिरि, दामोदर पाैडेल, अमरबहादुर खड्का , यम रेग्मी, पृथक् हिमाल वली, हेमबहादुर वली, सविना ढकाल, कृर्ति डिसी, बिनु गाैतम, बिक्रम ओली,  सदिच्छा शर्मा, युगिन रेग्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 

उक्त एकल रचना वाचन कार्यक्रममा आफ्ना रचनाहरू वाचन गरी साहित्यका क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याएकाेमा एकल रचना वाचक साहित्यकार बिना राेकालाई परिषद् जिल्ला शाखा दाङकाे तर्फबाट प्रशंसा पत्र प्रदान गरिएकाे थियाे ।

 

परिषद् जिल्ला शाखा दाङका सदस्य हरिप्रसाद पाैडेल स्वर्ण शिखाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमको सहजीकरण उपाध्यक्ष शारदा शर्माले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्