जेसीज सप्ताह–२०२२ : निर्यातलाई बढाउन उत्पादनमा जोड – Kanika Khabar
Sunday, May 24Nepali News Portal

जेसीज सप्ताह–२०२२ : निर्यातलाई बढाउन उत्पादनमा जोड

    मा प्रकाशित

दाङ,५ असार ।

 

दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन आइतवार सरफ वनाउने तालिम सम्पन्न भएको छ । दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले आयातभन्दा निर्यातलाई बढाउन उत्पादनलाइ जोड दिनुपर्ने बताउदै यस्ता सिपमुलक तालिमले उद्यमी बनाउने र उत्पादनमा टेवा पुग्ने वताए । सिपलाई व्यवहारमा उतारेर महिलाहरु आर्थिक रुपले बलियो बन्न सके देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने अध्यक्ष बुढाथोकीको भनाई थियो । उनले दाङ जिल्ला उद्योग बाणिज्य संघले स्थानीयस्तरमा उत्पादन भएका उत्पादन तथा घरेलु वस्तुको वजारीकरणमा सहयोग गर्ने बताए ।

No description available.

कार्यक्रमका विीिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले महिलाहरु आत्मनिर्भर बन्न स्वरोजगार बन्नुपर्ने बताइन । महिलाहरु आर्थिक रुपले बलियो बने देशले अघि सारेको आर्थिक समृद्धीको नारा साकार पार्न सहयोग पुग्ने बताएका थिए । उनले दाङ महिला जेसीज खुला विश्वविद्यालय भएको वताउँदै यसले समाजलाइ पुर्याउदै आएको योगदान युवाहरुलाई नेतृत्व र व्यक्ति विकासमा पुर्याउदै आएको योगदान महत्वपुर्ण रहेको वताएकी थिइन ।

कार्यक्रममा दाङ महिला जेसीज संस्थापक अध्यक्ष निर्मला गौतम, पूर्व अध्यक्ष माया पोख्रेल, त्रिभुवन नगर जेसीजका अध्यक्ष विवेक आचार्य, नेपाल महिला सामुदायीक सेवा केन्दका अध्यक्ष कल्पना न्यौपाने, प्रशिक्षक नारी सिप विकास समाजका अध्यक्ष विष्णु थापालगाएतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मुल संयोजक बसन्ती सुवेदीले जेसीज सप्ताहका वारेमा जानकारी गराएकी थिइन । उपाध्यक्ष रोजीना गिरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नीमा सुनारले आस्था पाठ गराएकी थिइन ।  उपाध्यक्ष लक्ष्मी घमालले धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन । जेसीज सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असार ६ गते सोमवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्