एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत आज नेपाल र हङकङ खेल्दै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत आज नेपाल र हङकङ खेल्दै

    मा प्रकाशित

असार ७, दाङ ।
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेलमा आज हङकङसँग खेल्ने भएको छ । मलेसियामा जारी च्याम्पियनसिप अन्तर्गत आजको खेल किनरारा ओभल मैदानमा मध्याह्न १२ बजेबाट सुरु हुनेछ ।

 

नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । हिजो भएको खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ । हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जित निकाल्दै समूह विजेता बन्न चाहन्छ ।

 

समूह ‘बी’ मा रहेको नेपाले ३ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भने हङकङ २ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्